विप्लवको जनसभामा देखिएका नयाँ अनुहार,

८ मंसिर २०७५, शनिबार

 नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौँमा जनसभा सम्पन्न गर्‍यो। तत्कालिन मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी गठन गरेको दिनको सम्झनामा नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट पुनःगठन दिवस मनाउँदै गरेको आमसभामा हजारौँ जनसहभागिता देखियो।

काठमाडौंको प्रदर्शनीमार्गलाई दुवै तर्फबाट बन्द गराइ गरिएको कार्यक्रममा भरिभराउ थियो। कार्यक्रममा उपस्थित पचास हजार पुर्‍याउने घोषणा गरेको पार्टीले सभालाई सफल भएको दाबी गरेको छ।

पार्टीका प्रवक्ता प्रकाण्डले तत्कालिन नेकपा माओवादी काठमाडौंको मोर्चामा उभिँदै गर्दा हुने जनउपस्थिति आजको कार्यक्रममा उपस्थित भएको भन्दै सभा सफल भएको उद्घोष गरे।

उनले यसरी उद्घोष गरिरहँदा सभामा नयाँ अनुहारहरुको बाक्लो उपस्थिति काठमाडौं बाहिरको थियो। मधेसका बस्तीबाट आम नागरिकहरु देखि सुदुर पश्चिमका अनुहारहरु प्रदर्शनीमार्गमा देखिन्थे।

पहिलो पटक काठमाडौं आएकाहरु कार्यक्रम सकिएपछि कार्यक्रम स्थलमा गन्तव्यको खोजीमा सम्पर्क व्यक्तिहरुको खोजीमा भौतारिरहेका देखिन्थे। आम मुलुकका कुना काप्चाबाट आएका उनीहरु एउटा आशातित अनुहार लिएर कार्यक्रममा नेताका भाषण सुन्दै थिए।

Leave a Reply