सुरक्षाकर्मी सहित निर्मलाका बुवालाई निजी गाडीमा काठमाडौं पठाइयो

९ मंसिर २०७५, आईतवार

 

दीपेन्द्र बस्नेत

धनगढी ,छोरीका हत्यारालाई कारवाहीको माग राख्दै धर्ना बस्दै आएका कञ्चनपुरका यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रेपछि उपचारका लागि  जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा शनीवार राती नीजी गाडीमा सुरक्षाकर्मी सहित काठमाडौं पठाइएको छ. साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मलाका आफन्त र परिवार जिल्ला प्रशासन अगाडी धर्नामा बस्दै आएको थियो । धर्नामै रहेका निर्मला पन्तका बुवा यज्ञराजको मानसिक अवस्था बिग्रदै गएपछि उपचारका लागि काठमाडौँ लैजान धनगढी विमान स्थल पुर्याएपनी उनको असामान्य ब्यबहारका कारण विमान मार्फत लैजान नसकिए पछि उनलाई धनगढी स्थित सेती अञ्चल अस्पतालमा ल्याइएको थियो । एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गलौज गर्ने र ढुङगामुडा गर्न थालेपछि विमान मार्फत उनलाई काठमाडौँ लैजाने नसकिएको हो । सेती अञ्चल अस्पताल ल्याईएर राखिएका निर्मलाका बुवा यज्ञराजलाई शनिवार राती १०:३० बजे सुरक्षाकर्मी सहित काठमाडौं पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । आफन्त र यज्ञराज लाई प्रहरी सहायक निरीक्षक दिपक धामीको नेतृत्वमा ३ जना प्रहरी सहित काठमाडौं पठाइएको हो । सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि यज्ञराजसंगै स्वास्थ्य कर्मी सुनिल वि.क लाई पनि उनी संगै पठाइएको छ । उनलाई बुद्ध एयरबाट काठमाण्डौँ लग्नका लागी कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले टिकाट काटेको भएपपनी यज्ञराजले हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि बुद्ध एयरले लग्न नमानेपछि सेती अस्पताल ल्याइएकोे अधिकारकर्मी सारदा चन्दले बताइन् । सेती अञ्चल अस्पतालमा बेहेस गर्ने सुई लगाएपछि यज्ञराजलाई निजि स्कारपियोबाट काठमाण्डौँ लगिएको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले उनलाई काठमाडौं पठाउन समन्वय गरेका थिए ।

Leave a Reply