महिला हिंसा अत्य गर्ने जिम्वेवारी पुरुषलाई दिनुपर्छ

९ मंसिर २०७५, आईतवार

ज्ञानु श्रेष्ठ,
नेपाली समाज पितृसत्तात्मक साोचबाट गुज्रिदै रहेको छ । रुढीबादी पराम्परा , कुप्रथा तथा पितृसत्तात्मकसोच सहित अगि बडेको नेपाली समाज हाल सम्म पनि झट्न हेर्दा परिवर्तन भए जस्तो देखिए पनि खासैक परिवर्तन भने भएको पाइदैन ।
सामान्य अर्थमा महिला हिंसा भनेको कुनैपनि महिलाले महिला भएकै कारण भोग्नु परेको विभेद भन्ने बुझाउछ । एउटी महिलाले आफु महिला भएकै कारण विभिन्न खाले हिंसाको सिकार बन्नु परेको छ । एउटि महिला छोरी भएर जन्म लिएदेखि मृत्युवरण नभइन्जेल सम्म हिंसामा परिरहेकै हुन्छिन । त्यसमाथि नेपाली समाज पितृसत्तात्मक सोचबाट जगडिएको छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण गलत छ । घर ,परिवार ,समाज अनि देश नै पुरुषको अधिनमा चलिरहेको छ । यस्तो परिप्रक्षमा केही बर्ष देखि अधिकार कर्मिहरुले हिंसा विरुद्ध आवाज उठाउदै आएका छन् । मानव अधिकार ,महिला अधिकार साथै स्वतन्त्रता प्राप्तिका लागि राष्ट्रिय तथा अन्तराष्टिय अधिकार कर्मिहरुले विभिन्न किसिमको अभियान चलाउदै आएकाछन् । यस्ता खालका अभियान तथा आन्दोलनले खासै परिवर्तन ल्याउन त सकेको देखिदैन । यसको मतलब कुनै पनि किसिमको परिवर्तन नै आएको छैन भन्ने भने होइन । तुलनात्मक हिसालले हृर्ने हो भने राजनीतिक घटनाक्रम सगै २००७ साल देखि यताको विभिन्न राजनितीक आन्दोलनले केही उपलब्धि हात पार्न सफल भएकोछ । राणा , राजा र पञ्चायती व्यस्वथाको अत्य गर्दै लोकतान्त्रिक गणत्रात्त्मक व्यवस्था कायम भएको छ । यसैको फलस्वरुप महिला सशक्तीकरण , समावेशीकरण र समान अधिकारका लागि नेपालको संविधान २०७२ को धारा ३८ मा लैङ्गिक समानताको अधिकार सम्बन्धि छोरा र छोरी समान वंशीय हक हुने ब्यपस्था गरेको छ । प्रजनन स्वतन्त्रता तथा स्वास्थको अधिकारलाइ उल्लेख गरिएको छ भने राज्यका सबै निकायमा समानुपातिक समावेशीकरणको ब्यवस्था समावेश गरेको छ । यसै गरि सम्पत्तिमा श्रीमान र श्रीमतीको समान हकको ब्यवस्था गरेको छ। यी विविध अधिकार संविधानमा उल्लेख त भयो तर गाउँ तह र सामन्य महिलाको जीवनमा यो व्यवस्थाले खासै फरक पार्न सकेको छैन ।
आज पनि महिलाहरुको अवस्था दयनिय छ । विभिन्न किसिमका हिंसाका घटनाहरु घटिरहेकै छन् । सारीरिक, मानसिक , यौनिक, सामाजिक, आर्थिक, राजनैतिक तथा भा‌ैतिक सबै किसिमको हिंसाको घटनाले महिला विक्षिप्त भएका छन् । देशले महिला राष्ट्रपति पायो , सभामुख पायो , प्रधानन्यायाधीश पायो, मन्त्री पायो , संसाद पायो , उपप्रमुख पायो र वडाको वडासदस्य सम्म पायो तर यति धेरै महिला नेतृत्व देशले याउदै गर्दा गाउको सामान्य महिलाको जीवनले के पायो महिलाको दैनिकीमा के फरक आयो  के – के कुरामा सुविधा पाए  नत समाजले महिलालाई हेर्ने दृष्टिकोण बदलियो , नत दिनचर्या फेरियो न कुनै नेतृत्वमा पुगेका महिलाको निर्णायक भुमिका रह्रो , न कुनै महिलाले योजना ल्याउन सके विना उपलब्धि खाली ठाउँ मात्र भर्न पुगे महिला । सजावटका लागि घरको भित्ताहरुमा कोरिएको काल्पनिक तथा नक्कली तस्विर जस्तो भएको छ महिलाका उपस्थिति ।यस्तो खालको महिलाको सहभागिताले कुनै परिवर्तन ल्याउने अपेक्षा राख्न सकिँदैन ।
व्यस्वस्था जस्तो सुकै भएपनि व्यवहार राम्रो भयो भने मात्र त्यसबाट परिवर्तनको आशा राख्न सकिन्छ । नेपाली समाजको संरचनागत परिप्रेक्ष्यमा हालसम्मको अवस्थामा हेर्दा महिला हिंसा घरभित्र होस या बाहिर आफन्तबाट होस या अपरिचितबाट तर प्राय जसो हिंसाका घटना घट्नुमा प्रत्यक्ष या अप्रत्यक्ष कुनैन कुनै किसिमले पुरुषको हात हुने गरेको पाईन्छ । यस्को अर्थ महिलाले हिंसा नै गाराउदिन् या गर्दिनन् भन्ने होइन । महिलाले महिला माथि पनि हिंसा गरिरहेको देखिन्छ । महिलाद्वारा महिलामाथि हुने हिंसा तुलनात्मक रुपमा केही कम भएको देखिन्छ । तसर्थ महिला हिंसा अन्त्यको लागि महिला सशक्तीकरण , जागरण अभियान , महिला अधिकारको आन्दोलन,नारा जुलुस अनि छलफल अन्तरकृया मात्र गरेर पुग्दैन अब महिला हिंसा अत्य गर्ने जिम्वेवारी पुरुषलाई दिनुपर्छ । त्यसकारण छोरालाइ नारी संवेदनशीलता बुझाउन पर्छ, नारीत्वको अनुभूत गराउन सक्नु पर्छ र समग्र नारीको महत्त्व बुझ्न सक्ने शिक्षा दिनुपर्छ अनि मात्र महिला माथि हुने हिंसा घट्छ , महिलाहरुको आत्मबल बड्छ र महिलाको सहभागिता मात्र होइन रहेक ठाउमा सफल नेतृत्व लिन सक्छ । त्यसपछि हामिले साचेजस्तो , कल्पना गरेजस्तो सुन्दर , सुखि र समुन्नत नेपाल बन्न सक्छ ।

Leave a Reply