मन्त्रीहरुको कार्यशैली ले सरकार असफलता तिर उन्मुख :बरिष्ठ नेता पौडेल

१० मंसिर २०७५, सोमबार

नेपाली कांग्रेस का बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार का मन्त्री तथा स्वयम् प्रधानमन्त्रीको गतिविधिका कारण सरकार असफलता उन्मुख हुँदै गएको आरोप लगाउनु भएको छ । गृह जिल्ला तनहुँको भानु नगरपालिका वडा नं ९ र १० का कार्यकर्ता भेटघाटका क्रममा बरिष्ठ नेता पौडेलले उक्त कुरा बताउनु भएको हो । सरकारले ह्वाईटवडि बिमान खरिद प्रकरणका भएको अरवौको घोटला, निर्मला पन्थ हत्यारालाई प्रकाउ गर्न नसक्नु, बिकास निर्माणका कार्यहरु प्राय ठप्प हुनु, सिन्डिकेट अन्त्यको नाममा जनताहरुलाई दुख दिनु लगायतका सरकारका मन्त्री तथा स्वयम् प्रधानमन्त्रीका गतिविधिले देशलाई अझै अन्योलता तर्फ धकेलेको आरोप उहाँको थियो । गणतन्त्र को संम्मानित पद राष्ट्रपतिलाई बिवादमा ल्याउने गरि विभिन्न खालका निर्णयले गणतन्त्र कमजोर हुने हुदा, आफू र राष्ट्रपतिलाई मात्र सेवासुविधा मुखी नबनाउन पौडेलले आग्रह गर्नु भएको छ । कम्युनिस्ट सरकारको अहिलेको पछिल्लो गतिविधि हेर्दा दुई तिहाईको मात लागेको भान हुन थालेको जनताहरुले महशुस गरेको बताउदै आफू निरन्तर गाउँका जनताहरुको पक्षमा र बिकासका गतिविधिमा सकृय रहने नेता पौडेल ले बताउनु भयो । कार्यकर्ता भेटघाट कार्यक्रम मा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ,पुर्व जिल्ला सभापति रघुनाथ पौडेल, गण्डकी प्रदेश सदस्य सरिता गुरुङ,सरिता गुरुङ, जिल्ला सचिव लक्ष्मि आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारि, महिला संघ सभापति पवित्रा देवी पौडेल, क्षेत्रिय संयोजक सहदेव अधिकारी, नेविसंघ सहमहामन्त्री लक्ष्मिभक्त खनाल, महाधिवेशन प्रतिनिधि श्याम मौरती, भानु १० सभापति हिमनिधि पाण्डे लगायतकाले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply