नेकपाको सचिवालय बैठक भोलिसम्मका लागि स¥यो

१० मंसिर २०७५, सोमबार

 

 

काठमाडौँ, नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठक मङ्गलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।
–––

 

Leave a Reply