अबको प्रधानन्यायाधीश को? ‘अस्विकृत’ जोशी पनि सिफारिसमा

११ मंसिर २०७५, मंगलवार

य परिषद्ले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका स्थायी न्यायाधीशको रोष्टर संवैधानिक परिषद्‌मा पठाएकाे छ।

संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतमा ३ वर्ष स्थायी न्यायाधीश भई काम गरेको मापदण्ड पूरा भएका दुई न्यायाधीशको रोष्टर पठाइएको न्याय परिषद्‌का सचिव नृपध्वज निरौलाले बताए।

परिषद्‌ले यसअघि संसदीय सुनुवाइबाट दिपकराज जोशी उनीपछिको क्रममा रहेका चोलेन्द्र शमशेर राणाको नाम पठाएको हो। परिषद्‍ले उनीहरुको विस्तृत विवरण पनि परिषद्‌मा पठाएको छ।

हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन्। मिश्रको अवकाशपछि प्रधानन्यायाधीशका लागि दुई जना योग्य व्यक्तिलाई सिफारिस गरी सुनुवाइ गर्ने प्रयोजनका लागि जोशी र राणाको नाम पठाइएको हो।

Leave a Reply