सिन्धुलीको जुनार– यात्रुको मुख्य कोसेली बन्दै
यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् ।
अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका कारण यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ । जिल्लाका रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ ।
जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको सङ्ख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ ।
कलमी लगाएर तयार पारिएको बोटको तुलनामा बिज्जुबोटबाट जुनार उत्पादन बढी हुने भए पनि गुणस्तरको हिसाबले भने बिज्जुभन्दा कलमी बोटबाट उत्पादन भएको फललाई राम्रो मानिन्छ । जुनार बेचेर वार्षिक रु १० लाख बढी आम्दानी गर्ने किसानको सङ्ख्या १० भन्दा बढी रहेको छ । पछिल्लो समय देशकै प्राथमिकताको फलफूल बालीको सूचीमा जुनार परेको छ । सिन्धुलीलाई अहिले जुनारको पहिचान थपिएको छ ।
जिल्लामा ३६ वटा जुनार सहकारी सञ्चालनमा रहेकोमा दुई वटाले उत्पादित जुनार प्रशोधन गरेर जुस, स्क्वास, जेलीजस्ता वस्तु उत्पादन गर्दै आएको जुनार उत्पादन जिल्ला सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेलले जानकारी दिनुभयो ।
बजारमा गुणस्तरीय जुनार प्रतिकिलो रु ८० मा बिक्री हँुदैआएको छ । किसानले यस पटक प्रतिकिलो रु ५० सम्म हात पारेका छन् । पातलो बोक्रा र सुनौलो रङको जुनारलाई गुणस्तरीय मानिन्छ । जिल्ला सदरमुकामस्थित बसपार्क क्षेत्र र यहाँस्थित अधिकांश पसल जुनारले पहेँलपुर देखिन्छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले जिल्लामा एक हजार ३२५ हेक्टर क्षेत्रमा व्यावसायिकरूपमा जुनार खेती हुँदै आएको जानकारी दिनुभयो । कात्तिक १५ बाट टिप्न शुरु गरिए पनि मङ्सिरको पहिलो सातादेखि मध्य पुससम्मको अवधि जुनारको उत्पादन टिप्ने हिसाबले उपयुक्त समय मानिन्छ ।
तिनकन्याका कृषक लोकबहादुर आलेले आफ्नो बगैँचामा ५०० को हाराहारीमा रहेको जुनार र सुन्तलाको बोटबाट वार्षिक रु १० लाख मूल्य बराबरको फल उत्पादन हुने गरेको जानकारी दिनुभयो । सात सयदेखि एक हजार २०० मिटर उचाइसम्मको हावापानीमा जुनार खेती फस्टाउने विज्ञ बताउँछन् ।
सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुङ्गा, भोजपुर, धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हँुदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ ।
उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हँुदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । दुई हजार एकसय घरधुरी व्यावसायिक र सङ्गठित रूपमा जुनार खेतीमा संलग्न रहेको आङ्कडा रहेपनि थप करिब एक हजारको सङ्ख्यामा कृषकले यसको खेती गरेको बताइएको छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हँुदैआएको छ ।
पछिल्लो समय विभिन्न सङ्क्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास फैलिएको छ । सङ्क्रमणबाट उत्पादित फल मध्ये झण्डै ३० प्रतिशत खेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । “विगत दुई÷तीन वर्षयता फल कुहिने समस्या देखिएको छ, त्यसको व्यवस्थापनका लागि उपलब्ध प्रविधिको प्रयोगसँगै जुनार कृषक केन्द्रित सचेतना कार्यक्रम निकै फलदायी देखिएको छ”, सुपरजोन सिन्धुलीका प्रमुख अधिकारी बताउनुहुन्छ ।
काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ । खनियाँखर्कमा केही बेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाँै र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड
२० भाद्र २०८१, बिहीबार -
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
१८ भाद्र २०८१, मंगलवार -
कास्की काँग्रेसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
१८ भाद्र २०८१, मंगलवार -
संगम सहकारीको साधारणसभा सम्पन्न
१८ भाद्र २०८१, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड
२० भाद्र २०८१, बिहीबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड
पाेखरा । शरीर र मन शुद्ध एवम् शान्त वनाउनका लागि मानिसले शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड दिईएकाे छ। बुधबार भेजिटेरियन साेसाईटी नेपालले हरितालिका तीजकाे उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बाेल्ने बक्ताहरुले साे कुरामा जाेड दिनुभएकाे हाे। कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले अनुशासित जीवन बिताउनका लागि याेग,ध्यानले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।कानुनले मात्रै समाजलाई अनुशासित […]
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले […]
कास्की काँग्रेसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाेखरा । भाद्र २४ गते महामानव बी पी कोइरालाको १११ औ जन्म जयन्तीलाई नेपाली काँग्रेस कास्कीले बिभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ। जन्म जयन्तीकाे अवसरमा कास्की जिल्ला स्थित ७२ वटा एकाईमा एकै साथ एकै समयमा क्रियाशील सदस्यताको प्रमाण पत्र बितरण र प्रशिक्षण कार्यक्रम सहित भब्यरुपमा मनाउने गरि तयारी गरिएकाे नेपाली काँग्रेस कास्कीका सभापति किशोर […]
संगम सहकारीको साधारणसभा सम्पन्न
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य तोरण बहादुर बानियाँले वडा १५ कै पहिलो र ठुलो सहकारी संस्थाले गरेको प्रगतिले आफुलाई खुसी लागेको बताए । संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबराज तिवारीले […]
जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु पर्नेमा जाेड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्लेकीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै […]
टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा […]
माैलिकताकाे जगेर्ना गर्दै तीज मनाउनुपर्नेमा जाेड
पाेखरा।उच्च अदालत पाेखराका न्यायाधीश मेरिना श्रेष्ठले माैलिकताकाे जगेर्ना गर्दै तीज पर्व मनाउनुपर्नेमा जाेड दिनु भएको छ। शुक्रबार पाेखरामा उच्च अदालत वार एशाेसियसन पाेखरा महिला केन्द्र र कास्की जिल्ला अदालत वार एशाेसियसन महिला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उहाँले तीज महिलाको स्वतन्त्रताको वकालत गर्ने पर्व भएको उल्लेख गर्नुभयो । कानुनले प्रदान गरेका […]
सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा सम्पन्न
पाेखरा।पाेखरा -३ नदिपुरमा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारीकाे दशाैं वार्षिक साधारणसभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ। साधारणसभाकाे उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री काेईरालाले सहकारीकाे विषयमा सुनेका हल्लाकाे पछि नलागी आफ्नो संस्था बलियो वनाउन तर्फ लाग्नुपर्नेमा जाेड दिनुभयो ।सहकारीका ऐन नियम अनुसार चलेका सहकारीलाई वजारकाे हल्लाले केही फरक नपार्ने उहाँले बताउनुभयो ।शेयर […]
तीज विशेष कार्यक्रममा भलिबल कप्तान अरुणा शाही र पत्रकार जमुना वर्षा सम्मानित
पोखरा १० भदौ गण्डकी प्रदेशको वैदेशिक रोजगार शाखा संरक्षण संघले पोखरामा आयोजित तीज विशेष कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मालाई सम्मान गरेको छ। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारीले शाही र शर्मालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका थिए। कप्तान शाहीलाई ५० हजार […]
फोटोग्राफर महिलाले गरे दर खाने पैसाले बालआश्रममा सहयाेग
पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ । बिभिन्न समयमा हुने कार्यक्रममा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैसाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो । […]
Leave a Reply
You must be logged in to post a comment.