जीवन रक्षाको दोसाँधमा राउटे
राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित हुनुहुन्छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउ“–पखाला, रुघाखोकीले थलिएका देखेर उहाँ छट्पटिनुहुन्छ । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व गर्नुभएका ६६ वर्षीय महिनबहादुरलाई पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा आफ्ना जनता रोगको शिकार हुन थालेको अनुभव भइरहेको छ ।
“उसबेला शिकार खेल्दा भिरबाट लडिन्थ्यो, हि“ड्डुल गर्दा खुट्टामा ठेस लाग्थ्यो, जडीबुटीले निको भैहाल्थ्यो,” उहाँले भन्नुभयो – “टाउको दुख्यो भने बल्लेटी र तेजपातको रसले सञ्चो गराउ“थ्यौं । आजभोलि धेरै बिमारले च्याप्न थाल्यो ।”
वन जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे जातिमा सरुवा रोगहरुले छुन थालेपछि समुदायका अन्य अगुवाहरुसमेत विस्मयमा छन् । मुखिया सूर्यनारायण शाहीको पनि उस्तै पीडा छ – “रोगले ज्यादा सताउन थाल्यो । बिमार भैराखे बा“च्न पनि मुश्किलै हुने भो ।” उता, डाक्टरी उपचारको पनि उनीहरुलाई त्यति विश्वास लाग्दैन । “नचाह“दा नचाह“दै पनि डाक्टरसँग जानुपर्छ, अस्पताल त अरुका लागि बनाइएका हुन्,” उहाँले भन्नुभयो – “हामीलाई जडीबुटीले निको हुनुपर्ने हो ।”
बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरुलाई पछिल्ला केही वर्ष यता गर्मी र जाडो दुबैले उत्तिकै सताउने थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । मानवको तीव्र बस्ती विकासले आफूहरुको जङ्गल विनाश हु“दै गएको राउटेको गुनासो छ । जङ्गल मासि“दा गुना बाँदर, गिठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेका छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ । खोला, नदीनालाको पानी नखाने राउटेहरु मुहान सुक्न थालेपछि झनै त्रासमा छन् ।
लोपोन्मुख जाति राउटेहरु हाल सुर्खेतको लेकवेशी नगरपालिकाको ज्यामिरे जङ्गलमा बसाइ“ सरेका छन् । त्यहा“ ४२ छाप्रामा गरी १४९ जना सदस्य छन् । समुदायमा कुनै सदस्यको मृत्यु भएमा बस्ती सर्ने राउटे संस्कार भए पनि पछिल्ला वर्ष वातावरणीय प्रतिकूलताका कारण बसाइँ सर्न बाध्य छन् । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बदलि“दो जीवनशैली र जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरुमा अधिकाँश राउटे विभिन्न रोगको सङ्क्रमणबाट थलिन पुगेका बताउनुभयो ।
“एक किसिमले राउटे जाति जीवन रक्षाको दोसाँधमा छ,” उहाँले भन्नुभयो – “यही अवस्था रहिरहे राउटे लोप हुन धेरै वर्ष पर्खनु पर्दैन ।” अधिकाँश सदस्यहरुको विभिन्न कारणले अल्पायुमै मृत्यु हुने गरेको छ । सत्यदेवीका बुझाइमा राउटेहरुले परिवर्तनदेखि लोभिएर लवाइखुवाइ र रहनसहन अन्य समुदायको जस्तै अपनाउन खोजे पनि आफ्नो पुरानो संस्कार त्याग्न नसक्ने अवस्थामा छन् ।
राउटेको सङ्ख्या वर्षेनी घट्दो क्रममा छ । राउटे अगुवाको भनाइमा पहिले ज्वरो, निमोनिया, आउँ हैजा, पखाला, केही रोग लाग्थेन । पछिल्ला केही दशक यता उनीहरुको स्वास्थ्य निकै कमजोर बनेको छ । रोगले कतिपयको त अकालमै मृत्यु भैसकेको छ । घनाजङ्गलमा बस्न रुचाउने राउटेहरु अचेल अन्य समुदाय नजीक र शहरबजार आसपासमा बस्न थालेका छन् । तापक्रम वृद्धिसँगै पहाडका जङ्गलमा समेत लामखुट्टेले टोक्नु, अन्य समुदायसँग बाक्लिंदो घुलमिल हुनु, खानपिनमा परिवर्तन हुनु, कडा एन्टिबायोटिक औषधिको सेवन गर्नुजस्ता कारणले राउटेहरु दिनप्रतिदिन रोगी बन्न थालेको बताइएको छ । राउटेहरु पहिले पहिले कन्दमूल खाने, गुना–बा“दरको शिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नून छर्केर खाने गर्थे ।
फिरन्ते वन्य जीवनमा बा“चिरहेका राउटे आधुनिक जीवनशैलीबाट धेरै टाढा छन् । स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रत्तिभर आर्कषित छैनन् उनीहरु । “हामी दुनिया“ हुन चाहदैनौं, राउटे भएरै बस्छौं, राज्यले हामीलाई राउटे भएर बस्न देओस्” महामुखिया महिनबहादुरले भन्नुभयो – “हामीलाई घर, जमीन, धनसम्पति चाहिएन । वनमा बस्न दिए पुग्छ । हामी राउटेले सम्पति थुर्पानुछैन ।” जङ्गलमा बसेकाले सरकारले आफ्ना समस्या नसुनेको मुखियाहरु गुनासो गर्छन् ।
अर्का मुखिया डिलबहादुर शाही भन्नुुहुन्छ – “ठूला रुखको छायामा परेर सरकारले हामी सानालाई हेपेको छ । सर्प त मानिसले पाल्ने गरेको छ भने हामी राउटेलाई फरक व्यवहार किन हुन्छ रु”
भत्ता दिएर मात्र सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने राउटे अगुवाको तर्क छ । सरकारले आव २०६५÷६६ देखि लोपोन्मुख भत्ता दिन थालेको हो । शुरुको एक वर्ष प्रतिव्यक्ति मासिक ५०० र त्यसयता मासिक एक हजार दिन थालिएको छ । भत्ता वितरणमा सहजता ल्याउने उद्देश्यले दैलेखको गुँरास गाउँपालिकाले स्थायी परिचयपत्र बाँड्यो । परिचयपत्र पनि उनीहरुले सदुपयोग गर्न सकेका छैनन् । अहिलेसम्म नागरिकता लिएका छैनन् । राज्यका वैधानिक अनागरिक बनेका छन्, उनीहरु ।
काठका भा“डाकुँडा बनाई साटफेर वा बिक्री गर्नु उनीहरुको मुख्य पेशा हो । तर पछिल्ला केही वर्ष यता उनीहरुले उत्पादन गरेका काठेसामग्री बिक्न छाडेका छन् । यसले गर्दा राउटे अगुवाहरु थप चिन्तामा छन् । ‘जङ्गलका राजा’ दाबी गर्ने राउटेहरु जङ्गलको उपभोग गर्न पाउँदैनन् । उनीहरुको बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । यसको लिपि छैन । यो पनि लोपोन्मुख अवस्थामा छ ।
‘टुरिष्ट एरिया’ बनाऔं
राउटेहरुको जीवन यतिबेला जटिल सङ्क्रमण कालबाट गुज्रिरहेको छ । यो समुदायसँग निकट रहेकाहरु बेग्लै वंश, धर्म, संस्कृति र भाषा भएको सानो मानव जाति राउटे पृथ्वीबाट लोप हुने अवस्थामा पुग्नुलाई दुर्भाग्य ठान्छन् । पृथ्वीमा रहेका जलचर, थलचर, उभयचर प्राणीदेखि वनस्पतिको विश्वव्यापी संरक्षण भैरहेका बेला मानव जाति राउटेको अस्तित्व रक्षाका लागि गम्भीर हुनुपर्ने उनीहरुको सुझाव छ ।
राउटे जातिका सम्बन्धमा लामो अनुसन्धान गर्नुभएका त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा नन्दबहादुर सिंहले राउटेलाई संरक्षित मानव समुदायका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । “राउटे कला, भाषा, संस्कृति, परम्परा र वेशभूषाको जर्गेना हुनुपर्छ,” उहाँले भन्नुभयो – “राउटेलाई एनजिओको पोल्टाबाट मुक्त गरौं । भत्ता रकम कुलतमा खर्च हुन नदिन ध्यान दिऔं ।”
उहाँले प्रजनन दर बढी रहे पनि पा“च वर्ष मुनिका बच्चाहरुको मृत्यु दर बढी रहेको आफ्नो अध्ययनले देखाएको बताउनुभयो । डा सिंहले भन्नुभयो – “चौध जनासम्म जन्माउनेका मुश्किलले चार पाँच जना बा“चेको देखियो । यही अवस्था रहेमा दुर्लभ जाति राउटे लोप हुन बेर छैन ।”
राउटे परिभ्रमण क्षेत्रका जङ्गलमा कन्दमूल खेती गर्ने, काठेसामग्रीको बजारीकरणको व्यवस्था गर्ने, बस्तीलाई ‘टुरिष्ट एरिया’को रुपमा विकास गर्ने, जङ्गल मै भएपनि पैसाको साटो आधारभूत आवश्यकता परिपूर्तिको व्यवस्था गरेर लोपोन्मुख राउटे जातिलाई जोगाउनुपर्ने उहाँको सुझाव छ । राउटेको स्वास्थ्य उपचार लगायतका आधारभूत समस्या समाधान गर्न प्रदेश वा केन्द्र सरकारले ‘एजुकेशनल मोबाइल टिम’ निर्माण गर्न सक्ने उहाँ बताउनुहुन्छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार -
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
६ चैत्र २०७९, सोमबार -
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
६ चैत्र २०७९, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
इतिहास तथा संस्कृति विभागद्वारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत
पोखरा ।इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ । विभागका प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए । ‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको […]
सिद्धार्थ तमु(गुरुङ )समाजमा उद्घाेषण कला तालिम
कास्की ।सिद्धार्थ तमु (गुरुङ )समाजले आयोजना गरेको तीन दिने उद्घाेषण कला तालिम मंगलबार पाेखरामा सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ तमु समाजका निवर्तमान अध्यक्ष गेस बहादुर गुरुङले नेतृत्व बिकासका लागि उद्घाेषण तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।तालिम प्रभाकारी हुनका लागि सिक्ने र सिकाउने दुवै पक्षकाे भुमिका रहने जानकारी गराउँदै उहाँले तालिम […]
Leave a Reply
You must be logged in to post a comment.