बाँस्तोला पत्नी कुसुमलाई पार्टीमा भुमिका दिन्छु : देउवा

११ मंसिर २०७५, मंगलवार

 

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता चक्रप्रसाद बाँस्तोला पत्नी कुसुम बाँस्तोलालाई पार्टीमा कुनै भूमिका दिने पक्षमा आफू भएको बताएका छन । मंगलबार स्वर्गीग नेता बास्तोलाको ४५औं पूण्यतिथीका अवसरमा ‘कांग्रेस झापा काठमाडौं सम्पर्क समिति’ले गरेको श्रद्धाञ्जली कार्यक्रममा देउवाले चक्र पत्नी कुसुमलाई पार्टीमा कुनै न कुनै भूमिका दिने बताएका हुन । ‘मैले नेता बाँस्तोलाको योगदान सम्झेको छु, उहाँले पार्टीलाई संकटका बेलामा समेत जोगाएर ल्याउँनु भयो, शान्तिपक्रियामा समेत उहाँको महत्वपूर्ण योगदान छ, उहाँकी पत्नि कुसुम जीलाई म पार्टीमा भूमिका दिन तयार छु,’ कांग्रेस सभापति देउवाले भने । देउवाले नेता बास्तोलाकी श्रीमती कुसुमलाई संघर्षशील नारीको संज्ञा दिँदै पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने संकेत गरेका हुन । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले शान्तिप्रक्रियाको थालनीमा स्वर्गीय बाँस्तोलाको ठूलो योगदान रहेको र कांग्रेसलाई गण्तन्त्रमा ल्याउन उनको भूमिका महत्वपूर्ण रहेको जनाए । कांग्रेस पूर्वमहामन्त्री समेत रहेको नेता कृष्णप्रसाद सिटौलाले सोच र व्यवहारले स्वर्गीय नेता बाँस्तोलामा क्रान्तिकारी स्वभाव रहेको स्मरण गरे । उनले नेता बाँस्तोलामा परिवर्तनका लागि प्रष्ट विचारको क्षमता रहेको र छिटै निर्णय लिन सक्ने खुबी समेत रहेको सम्झिए । कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु प्रदिप गिरी, डा. रामशरण महत, गुरुराज घिमिरे सहित वरिष्ठ पत्रकार विजय पाण्डेले स्वर्गीय नेताले राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

Leave a Reply