प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप

१२ मंसिर २०७५, बुधबार

काठमाडौं ।   लैंगिक हिंसा बिरुद्धको १६दिने अभियान चलिरहँदा  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप लागेको छ ।
आरोप लगाउने युवासंघकी पूर्वकेन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको अधिकृतसम्म भइसकेकी बालिका खड्का हुन ।  राईले आफूलाई मेसेजमार्फत र प्रत्यक्ष रूपमा बारम्बार यौन दूर्व्यवहार गरेको बालिकाको आरोप छ । यतिमात्र होइन, विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति भएको समयमा शितलनिवासमै राईले आफूलाई यौन दुव्र्यवहार गरेको बालिकाले बताइन् ।
बालिकाले राईले आफूमाथि गरेको यौन हिंसाबारे पार्टी कार्यालयमा निवेदन दायर गरेकी छन् । यसलाई आरोप नभएर सत्य घटनामा आधारित भएको उनको जिकिर छ । घटना सत्य नभइदिएको भए आफू शक्तिशाली स्थानामा हुँदा हुँदै पनि यस घटनालाई कोट्याएर प्रोत्साहन गर्ने रहर नभएको उनले बताइन् । राईले गरेको यौन हिंसाबारे उजुरी गर्दा उनलाई प्रधानमन्त्रीको सचिवालयसँगै युवासंघको केन्द्रिय सदस्यबाट पनि निकालिएको उनको भनाइ छ ।

राई मन्त्री हुनु अघि नै घटना भएपनि बालिकाले यो कुराबारे अहिले आएर मुख खोलेकी हुन् ।

by :ratokalam.com

Leave a Reply