मुक्त कमैयाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

१२ मंसिर २०७५, बुधबार

टीकापुर,  टीकापुर जेसीजले बुधबार  मुक्त कमैयाका बालबालिकाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
जेसीजले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिँह रावलले एक समारोहकाबीच शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका रावलले राज्यले बालबालिकाको शैक्षिक अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
उहाँले सामाजिक संस्थाका रुपमा रहेको जेसीजले असहाय बालबालिकालाई सहयोग गरेर पुण्यको काम गरेको बताउनुभयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक प्रकाशबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी लगायतले बोल्नु भएको थियो । शैक्षिक सामाग्री टीकापुर जेसीजमा आवद्ध विभिन्न व्यक्तिहरुले उपलब्ध गराएका थिए ।
टीकापुर जेसीजले सप्ताहब्यापी कार्यक्रमको पहिलो दिन टीकापुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग मैत्रीपूर्ण फुटवल खेलेको थियो भने दोस्रो दिन ट्राफिक सम्बन्धी जनचेतना फैलाउन एक कार्यक्रमको आयोजना गरेको थियो । जेसीजले हरेक वर्ष साताभरी विभिन्न कार्यक्रमको आयोजना गरी सप्ताहब्यापी कार्यक्रम गर्ने गरेको छ ।

Leave a Reply