पत्रकार अथक माथि दिइएको धम्कीप्रति प्रेस युनियन कास्की द्धारा निन्दा

१२ मंसिर २०७५, बुधबार

 

पोखरा,  पोखराका  पत्रकार कमल पौडेल ‘अथक’ माथि दुरव्यवहार गरी गालीगलौजसहित धम्की दिएको घटनाको नेपाल प्रेस युनियन कास्की ले घोर भर्तसना एबं निन्दा गरेको छ ।   नेपाल प्रेस युनियन कास्की शाखाले बुधबार  विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो ।  नागरिकको सुसुचित हुन पाउने अधिकारको ग्यारेण्टीका लागि सुचना सम्प्रेषण गर्ने सञ्चारकर्मी माथि यस्ता किसिमका दुरव्यवहार नदोर्होयाउन चेताववनी दिदै दोषी माथि  कडा भन्दा कडा कारवाहि गर्न  युनियनले माग गरेको छ । पत्रकारको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानिय प्रशासन संग जोडदार माग गर्दछौ भनि प्रेस युिनयन कास्की द्धारा जारी बिज्ञप्तिामा जनाइएको छ ।
‘लाखौं रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर व्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार किन सम्प्रेषण गरेको  भन्दै निज महिलाका आफन्त प्रजापति पराजुली ले अथकलाई दुरव्यवहार गरेको पौडेलले बताए।  परिचय नखुलाइएका व्यक्तिले मोवाइल नम्वर  ९८५६०४०२३८ बाट फोन गरी धम्की दिएको पत्रकार पौडेलले बताए ।
पोखरा महानगरपालिका वडा नं  ५ पस्र्याङमा बस्दै आएका पौडेललाई निज बस्ने कोठामा पुगेर एक हुल मानिसहरुले सोही समाचारलाई लिएर लछारपछार पारी धम्की दिएको पत्रकार अथकले जानकारी दिए ।
प्रकाशित÷प्रसारित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्न लगाउने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा सम्मानित अदालतमा जान सक्ने विधि बिधान रहेको सचेत गराउँदै सोही अनुसार वैधानिक बाटो अबलम्बन गर्न प्रेस युनियन  कास्कीले अनुरोध गरेको छ ।पत्रकार अथक नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका  कार्यसमिति सदस्य समेत रहेका छन ।

Leave a Reply