चर्चमुखी गणतन्त्रात्मक संविधानभित्र बस्ने कि पुन: हिन्दूराष्ट्रको पक्षमा बहस गर्ने

१६ मंसिर २०७५, आईतवार

हरि नेपाल

म सरकार बलियो हुनुपर्छ भन्ने  कुरामा विश्वास राख्ने मान्छे हुँ   ।  जुनसुकै पार्टीको सरकार बने पनि मैले त्यो सरकारलाई नेपालीमात्रको अभिभावक ठान्थे  । युनिभर्सल पिस चर्चको मार्केटिंगमा सरकार नै चुलुम्म डुवेपछि सारै मन पोल्यो र जनताले चर्को कर तिरेर भए पनि गणतन्त्रलाई धानेकै थिए र  बोल्न मन लाग्यो  कसैले नपढे, वास्ता नगरे पनि मन त हल्का हुन्छ भनेर लेखिदिए  ।
भारतबाट कुनै शंकराचार्य वा अन्य सन्त आए भने नेपाली गणतन्त्र खतरामा पर्छ  ।, राजा भारत गए भने गणतन्त्र खतरामा पर्छ  ।, कसैले हिन्दूराष्ट्रको कुरा गर्यो कि गणतन्त्र खतरामा पर्छ , । कसैले गणतन्त्रका नाममा भएरगरेका फजुल खर्चको आलोचना गर्यो भने गणतन्त्रको सातो जान्छ र खासगरी, नेपाल र नेपालीपनको पक्षमा बोल्ने, लेख्नेहरू गणतन्त्रको लागि ठूलै आतंकवादीसरह ठहरिन्छन्  ।, गणतन्त्रको सातो जान्छ र उदाहरणका लागि विवाह पंचमीका दिन जनकपुर आउन थालेका आदित्यनाथका कारण गणतन्त्रको सातोपुत्लो गएको छ  ।
अव बल्ल कुरो खुल्दैछ ( नेपालको गणतन्त्र युनिभर्सल पीस चर्च र २०१८ पहिले क्रसमा झुन्ड्याएर मृत्यु भएका इमान्युएल भनिने जिससले २०१३ को जुन महिनामा जन्माएकी ३४ वर्षीय छोरीको आशिर्वादमा अड्किएको रहेछ  । जिससकी छोरीले गणतन्त्रका सन्ततिहरूलाई सरकारका मन्त्री, मेयरहरू, अध्यक्ष दम्पति० पानी छर्केर आशिर्वाद दिएपछि मात्र गणतन्त्र बलियो हुनेछ  ।
नेपालमा हाल २७६ चर्चहरू कार्यरत छन् र यी सबैको काम रैथाने नेपालीसंग धर्म किन्नु र आफ्नो बेच्नु हो र यी मध्ये मार्केटिंगमा जिससकी छोरीको चर्चले बाजि मार्यो र सरकार नै मार्केटिंगको एजेन्ट बने पछि अरूको के हैसियत  ।
जनताको करबाट पेट भर्ने हरेक व्यक्ति सार्वजनिक सम्पत्ति हो , । व्यक्तिगत भनेर सुख पाइन्न , आशिर्वाद थाप्नका लागि नेपाल कै मुक्तिनाथ बाबा, जगदगुरूजस्ता अनेकौं सन्त छन्  तर सरकारका लागि त स्वदेशी सन्तहरू गणतन्त्र विरोधी र विदेशी चर्चहरू सबै गणतन्त्रका हिमायती ठहरिएका छन्   ।आज हिमालय चर्चलाई, तराई पाकिस्तानलाई र पहाड चर्च र साम्यवादको गठवन्धनलाई भएको प्रष्ट अनुभव गर्न थालिएको छ  ।
असलमा, जोडीहरूले सुको खर्च नगरीकन पांचतारे होटलको मजा लिन पाएपछि को पछि पर्थे र एकनाथ ढकालको भक्तिको यो राम्रो नमूना हो ।  अव यी मेयसाहवहरूले आआफ्नो कार्यकक्षमा जिससकी छोरीको फोटो राखे पने आश्चर्य मान्नु पर्दैन  । गणतन्त्र फुलोस् नफुलोस्, जिससकी कोरियन छोरी अवश्य फल्ने छिन्  ।
देशको विकास होस् नहोस्, नेपाल सरकारले देखाएको प्रेमले युनिभर्सल चर्चको मार्केटिंग खुवै हुने छ । नेपालसरकारको जगहँसाई पनि निकै हुने निश्चित छ ।  व्यक्तिगतरूपमा मैले महामहिम ओली र यिनको सरकारसंग एस्तो अपेक्षा कत्ति पनि गरेको थिइन  ।
हिन्दूराष्ट्रका विषयमा जनमतको नाटक मंचन गरेर लुकाएको कारण अव खुल्दैछ  । राम्रै भयो गणतान्त्रिक संविधान स्वीकार गरेका नेपाली जनतासंग अव चर्चमुखी गणतन्त्रात्मक संविधानभित्र बस्ने कि पुन हिन्दूराष्ट्रको पक्षमा बहस गर्ने  भन्ने बाटो खुलेको छ  ।
लेखक जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति , गण्डकी प्रदेशका संयोजक हुनुहुन्छ ।

Leave a Reply