कास्कीको रुपा गाँउपालिकामा अपाङ्गता सहयोगी सामाग्री बितरण

0
1342

कास्की ,२७ औं अन्तराष्ट्रिय अपाङ्गगता दिबसको अबसरमा कास्कीको रुपा गाउँपालिकामा अपाङ्गगता सहयोगी सामाग्री बितरण गरिएको छ ।रुपा अपाङ्गता संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा    गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले ३३ जना अपाङ्गगता भएका ब्यक्तिलाई  १५ वटा ट्वाईलेट चियर , ८  जोडी बैशाखी , ६ वटा लट्ठी, ४ वटा सेतो छडि लगाएतका सामाग्री बितरण गर्नु भयो । उहाँले अपाङ्गता भएका ब्यक्तिहरुलाई दयाको पात्र नबनाई स्वावलम्बन बनाउनु पर्नेमा जोड दिनु भयो ।

गाँउपालिकामा करिब २ सय जना अपाङ्गगता भएका ब्यक्ति भएता पनि आबश्यकताको आधारमा  ३३ जना अपाङ्गगता भएका ब्यक्तिलाई मात्र सामाग्री बितरण गरिएको गाउँपालिकाका अध्यक्ष नबराज ओझाले जानकारी दिनुभयो।उहाँले अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले बिभिन्न योजना बनाएर काम गर्ने समेत बताउनु भयो ।  सामाग्री खरिदको लागि गाउँपालिकाले ५०हजार  परिलक्षीतले १० हजार र  सगोल कास्की ले २० हजार सहयोग गरको गाउँपालिकाका उपाध्यक्ष लालशोभा गुरुङ्ग ले जानकारी दिनुभयो ।
कार्यक्रममा लैंगिकहिंसाको बिषयमा क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले सहजीकरण गर्नु भएको थियो । ।रुपा अपाङ्गता संरक्षण समितिका अध्यक्ष सन्त बहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र कास्कीका अध्यक्ष टिकाराम पगेनी,अपाङ्गता भएका ब्यक्तिको तर्फबाट सुरेश गौली, मोतीसरा बिक ,रुपा ५ का अध्यक्ष दयासागर सुबेदी लगाएतले बोल्नुभएको  थियो। कार्यक्रमको संचालन सचिब शिब श्रेष्ठले गर्नु भएको थियो ।