‘नेपाली जनताले जलवायु परिवर्तनमा नगरेको कसुरको सजायँ भोग्नु हुँदैन’ ः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताउनुभएको छ ।
पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो विषयमा नेपाली जनतालाई न्याय दिने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल हिमालय, पहाड र तराईयुक्त अतिकम विकसित राज्य भएको र नेपालले जलवायु परिवर्तनको विषम प्रभाव भोगिरहेको जानकारी दिँदै नेपाल न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि हिमनदी पग्लिरहेको र सेता हिमाल काला र फुस्रा भएको, हिमनदी पग्लने सम्भावना बढिरहेको र नदीघाटी प्रणाली नकारात्मक रुपमा प्रभावित भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘‘हिमपहिरो, बाढीपहिरो र सुखापना पहिलेभन्दा अझै नकारात्मक भएको छ । पहाडमा भूक्षय तथा पहिरो बढिरहेको छ । प्राकृतिक स्रोतमा अप्राकृतिक प्रभाव पर्दा ग्रामीण जलप्रणालीमा अवरोध आएको छ । प्रकोपबाट सिर्जना हुने समस्या समाधान गर्न हामी आफ्नो राष्ट्रको आयमा ठूलो राशि व्यहोर्न बाध्य भएका छौँ । नेपालको प्रमुख उत्पादनशील भूमि बाढी र डुबानबाट निरन्तर प्रभावित भएको छ । यसले कृषि क्षेत्रमा प्रमुख प्रभाव पारेको छ ।’’
राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपले प्रत्यक्ष रुपमा महिला तथा स्थानीय जनतामा प्रभाव पारेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि घण्टौँ लगाएर पानी बोक्नु परेको ग्रामीण महिलाको कठिनाइ आफूले अनुभव गरेको बताउनुभयो ।
उहाँले सगरमाथालगायत हिमालले स्वच्छ हावा र सफा पानी निरन्तर उपलब्ध गराउँदै आएको उल्लेख गर्दै वातावरण सफा र मौसमलाई नियमित बनाइराख्न हिमाल र समुद्रको विशेष महत्व रहेकामा जोड दिनुभयो । ‘‘यी हिमाल विस्तारै बग्ने भए पनि यसले भूमिलाई सिँच्छ । यो पानी सङ्कलन प्रणालीले पृथ्वीको तापक्रम नियन्त्रण गर्न महत्वपूर्ण रुपमा सहयोग गरेको छ । यस प्राकृतिक अवस्थाको मूल्यलाई उच्च कार्बन उत्पादन गर्ने विकसित मुलुकले बुझ्नुपर्छ । उनीहरुले हिमाली मुलुकमा वातावरण बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्छ’’, उहाँले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपालले नवीकरणीय ऊर्जा विकास तथा विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्न विशेष प्रयास गरेको र नमूना परियोजना तयार तथा कार्यान्वयन गरी राष्ट्रियस्तरमा उपयोगी एवं न्यूनीकरणीय उपायका कार्ययोजनामार्फत नेपालले जलवायु परिवर्तनका जोखिम कम गर्न प्रयास गरेको जानकारी दिनुभयो । ‘‘पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि हामीले राष्ट्रिय नीतिमा पुनरवलोकन गरी वर्तमानमा सामयिक बनाउने योजना बनाएका छौँ । यसका लागि दीर्घकालीन रणनीति बनाइरहेका छौँ’’, उहाँले थप्नुभयो ।
राष्ट्रपति भण्डारीले आफ्नै कार्यालयमा विद्युतीय सवारी साधनको प्रयोग शुरु गरिएको उदाहरण दिँदै यसलाई अन्य क्षेत्रमा विस्तार गरिने पनि बताउनुभयो । ‘‘नेपालले ‘शिवालिक’का रुपमा परिचित चुरे क्षेत्रमा एकीकृत रुपमा वातावरण संरक्षण तथा जीविकोपार्जनका कार्यक्रम लागू गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अगाडि बढाइएको छ । उक्त परियोजनाले यस क्षेत्रको भूभाग मात्र होइन छिमेकी मुलुकको वातावरण संरक्षण तथा सम्बद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास गर्न सकिन्छ’’, उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले हिमाली जलवायु विज्ञानको अध्ययन प्रवद्र्धन गर्ने, दिगो पहाडी अर्थतन्त्र जोगाउने, सामाजिक तथा आर्थिक विकास गर्ने, नवीकरणीय ऊर्जाको प्रयोग गर्ने, रोजगारी सिर्जना गर्ने र सबै नेपालीलाई स्वच्छ ऊर्जामा पहुँच दिने हाम्रो प्रयासमा ज्ञान, सीप, प्रविधि र जलवायु वित्त अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोग हुने विश्वास गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न, महिला तथा गरीबका जोखिम कम गर्न, जनताको स्वास्थ्य सुधार गर्न, वन तथा प्राकृतिक प्रणाली प्रवद्र्धन गर्नका लागि कार्बन उत्सर्जन कम गर्न जलवायु वित्त आवश्यक पर्छ । कार्यक्रम कार्यान्वयन मौसममैत्री बनाउन र विकास दिगो विकासका लक्ष्यअनुरुप बनाउन नेपाल वचनबद्ध छ । स्वच्छ र सुरक्षित प्राकृतिक वातावरणमा बाँच्न पाउने हामी र हाम्रा सन्ततिको अधिकार रक्षा गर्नु हामी सबैको दायित्व हो ।’’
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई
२ भाद्र २०७९, बिहीबार -
एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे अध्यक्षमा तुलसिराम खड्का
३१ श्रावण २०७९, मंगलवार -
हेमजामा जिल्ला स्तरीय तीज मेला हुने
३० श्रावण २०७९, सोमबार -
संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल
२५ श्रावण २०७९, बुधबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई
पोखरा । रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषध्यक्षमा बैभव पौडेललाई चयन गरेको छ […]
एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे अध्यक्षमा तुलसिराम खड्का
पाेखरा।पाेखरामा पुराना एवम् ऐतिहासिक सिक्का तथा कागजी नाेट संग्रहकर्ताहरुकाे संस्था एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे प्रथम साधारणसभा एवम् अधिवेशनले तुलसिराम खड्काकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिकाे उपाध्यक्षमा शिव प्रसाद श्रेष्ठ, सचिवमा प्रकाशसिंह भण्डारी र काेषाध्यक्षमा हरि वहादुर ढकाल रहनुभएकाे छ। त्यसैगरी सदस्यहरुमा कमल बहादुर गुरुङ ,सुर्य कार्की,अजय श्रेष्ठ ,उर्मिला थापा र प्रेम […]
हेमजामा जिल्ला स्तरीय तीज मेला हुने
परशुराम अधिकारी हेमजा ।कास्कीको हेमजामा यस बर्ष जिल्ला स्तरीय तीज मेला हुने भएको छ । हेमजा स्थित सफल उधमशिल महिला समुहको आयोजनामा सो मेला हुने भएको हो । नारी एक भूमिका अनेक,उधम गरौ उधमशिल बनौ भन्ने नाराका साथ स्थापित सो समुहले मेलाको अबसर पारि तीज गीत प्रतियोगिता ,हाँस्य प्रस्तुती,विविध साँस्कृतिक कार्यक्रम एवं सम्मान कार्यक्रम […]
संघीयताको पहिचान नै प्रदेश संरचना ः मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश विकास समास्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले संघीयताको पहिचान […]
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो हाेटल र […]
चन्द्रावती वाग्लेको तीज गीत” शुन्य छ जन्मेको घर बरिलै” सार्वजनिक
पाेखरा।साहित्यकार एवम् गायिका चन्द्रावती वाग्लेको नयाँ तीज गीतको म्युजिक भिडियो ” शुन्य छ जन्मेको घर बरिलै ” काे मंगलबार पाेखरामा सार्वजनिक गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गीतकाे बिमाेचन गर्दै माैलिक गीतले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने वताउनु भयाे।पुरुषले तीजे गीत गाउनु अशाेभनिय कार्य भएको उल्लेख गर्दै उहाँले महगो […]
यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई पोखरामा सम्मान
पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी लाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड […]
प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन
पोखरा । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोभ्mा समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण […]
प्रेस युनियनका पदाधिकारीको पोखरामा सम्मान
पोखरा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरेका हुन । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव […]
आमसञ्चार विधेयक पत्रकारमैत्री हुने
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए । संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा […]
Leave a Reply
You must be logged in to post a comment.