सरकारले जनअपेक्षा पूरा गर्न सकेन’

१८ मंसिर २०७५, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाई बहुमत प्राप्त सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ ।

यहाँ आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार असफल बन्दै गएको आरोप लगाउनु भएको हो । “सरकार चौतर्फी असफलता हासिल गर्दै आएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “जनताका सानातिना समस्यादेखि राष्ट्रिय समस्या हल गर्न चुक्दै गएको छ, ।”

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले नयाँ राष्ट्रवादी आन्दोलनको खाँचो औंल्याउनुभयो । मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न भेलालाई पार्टी जिल्ला उपाध्यक्ष शिवराम थापा, महिला नेतृ इन्दिरा न्यौपानेलगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply