पत्रकार सरिता तिमिल्सिना पगेनी सम्मानित

0
1007

एन.एस क्लब ललितकला पत्रकारिता पुरस्कार बाट पत्रकार सरिता तिम्सिना पगेनी सम्मानित भएकी छन।  बुधबार स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष अग्रज पत्रकार  कृण्ण प्रसाद बाँस्तोलाले नगद रु ११ हजार ५ सय ५५ सम्मान पत्र र दोसल्लाले एक कार्यक्रम बीच सम्मान गरेका हुन ।सम्मान गर्दे अग्रज पत्रकार बाँस्तोलाले पत्रकार को हातबाट पत्रकारलाई नै सम्मान गर्न पाउँदा गर्ब महसुस भएको बताए ।उनले पहिलेको जस्तो अबस्था नरहेपनि अहिले पनि कलाकार र कलाकारिता क्षेत्रलाई  राज्यले उचित सम्बोधन गर्न नसकेको बताए ।  पुरस्कृत तिमिल्सिना  पोखरा पोष्ट डट कम , रेडियो अन्नपुर्ण र हाम्रा कुरा डट कममा कार्यरत छन ।

उक्त अबसरमा क्याम्पस तह स्तरिय चित्रकला प्रतियोगितामा हिल पोइन्टका आविल गुरुङ्ग प्रथम,निश्चल गुरुङ्ग द्धितीय,बाँकेका सागर क्षेत्री तृतीय र हिल पोइन्टका स्वता भुजेल र निशा पुन चौंथो भए। उनीहरुलाइ मेडल र प्रमाणपत्र प्रदान गरियो ।कार्यक्रममा   हिमाञ्चल बोडिङ्गका सहप्राचार्य निर्मल भण्डारी,एन एस क्लबका,बिजय गुरुङ्ग, बिकास गुरुङ्ग,पुरस्कृत तिमिल्सिना  लगाएतले बोलेका थिए। बिश्वकला यात्री प्राज्ञ नगेन सिंहको अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप प्राज्ञ सिंहका बिद्यार्थीहरुको एनएस क्लबले आयोजना गरेको  राष्ट्रिय कला प्रर्दशनीको अबसरमा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।