कास्कीको लेखनाथमा ‘१५ औँ लेखनाथ महोत्सव’ हुने भएको छ । पुसको ५ देखि शुरु हुने महोत्सब १६ गतेसम्म सञ्चालन हुने आयोजक लेखनाथ उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
महोत्सवको पनि महोत्सव भनेर चिनिने यस महोत्सवलाई ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा १५ देखि २० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने एक करोड २५ लाख रुपैयाँ आम्दानी गरी ९० लाख रुपैयाँ खर्च कटाउँदा ३५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अनुमानित लक्ष्य छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।
औद्योगिक उत्पादन तथा हस्तकलाका बस्तुहरुको बजार प्रवद्र्धन गर्ने महोत्सवको लक्ष्य छ । स्थानीय, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान तथा उद्यमशीलता र प्रविधिको हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रवद्र्धन गरिने निबर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए । ‘जातीय भेषभुषा, कला, संस्कृति, रीतिरिवाजको जगेर्नामा टेवा पु¥याउँदै आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा पनि महोत्सव सहयोगी हुनेछ,’ उनले भने ।
कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा महोत्सवका अवसरमा देशव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरिने जनाइएको छ । त्यसैगरि गण्डकी तारा गायन प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम पनि महोत्सवको आकर्षण बन्नेछ । रत्यौली गीत प्रतियोगिता, पप कन्सर्ट, विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि महोत्सवमा समावेश गरिएको छ ।
महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहनेछन् । महोत्सवमा रहने स्टलहरु मध्ये ७५ प्रतिशत बुकिङ भइसकेको अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिएको उनले बताए ।
महोत्सवलाई व्यवस्थित गरी सफल बनाउन १ सय ३३ सदस्यीय कार्यसम्पादन समिति चयन गरेर तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ८ सदस्यीय निर्देशन समिति र २५ सदस्यीय सल्लाहकार समितिसहित ४० वटा विभिन्न उपसमितिहरु चयन भएका छन् ।
‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहनेछन् । महोत्सवमा रहने स्टलहरु मध्ये ७५ प्रतिशत बुकिङ भइसकेको अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिएको उनले बताए ।