गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कुनै पनि नेपाली पहिचानको अधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिएका छन । महिला कानून र विकास मञ्च को आयोजनामा पोखरामा विहीवार आयोजित नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी प्रशिक्षक–प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दे मुख्यमन्त्री गुरुङले नागरिकतामार्फत् राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले पहाडी क्षेत्रमा भन्दा हिमाली र तराई क्षेत्रका केही भागमा राजनैतिक स्वार्थका कारण नागरिकता प्राप्ति समस्याको रुपमा रहेको बताउँदै उनले भने, ‘हिमाली र तराईमा राजनीति गर्ने नेताहरुले आफ्नो भाञ्जाभाञ्जीलाई नेपाली नागरिक बनाउन सक्ने जोखिम रहेकोले यस्ता क्षेत्रमा थप संबेदनशील बन्नु पर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आबश्यक कागज र बिधि सहित आएका नेपाली नागरिकलाई नागरिकता दिनु आफु सधै तयार रहेको बताए । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राष्ट्रिय योजना निर्माणमा समेत व्यक्तिगत घटना दर्ताले महत्वपुर्ण भुमिका खेल्ने भन्दै उनले समयमै घटना दर्ता गरे आधा समस्या सहजै हल हुने बताए ।
महिला कानून र विकास मञ्च का सदस्य सुजना महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका केदारनाथ सापकोटा, पोखरा महानगरपालिका सामाजिक महाशाखा प्रमुख निर्मला शर्मा, मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ र गण्डकी प्रदेश सञ्जाल संयोजक अधिवक्ता माधवी पाण्डेय लगायतले बोलेका थिए । नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी प्रशिक्षक प्रशिक्षण ३ दिनसम्म चल्ने छ । तालिमलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका केदारनाथ सापकोटा अधिबक्ता लुमासिहं बिश्वकर्मा ,पुनदेबी महर्जन सुजना ,सबिन श्रेष्ठ, लगाएतले सहजिकरण गर्ने छन । तालिममा गण्डकी प्रदेशका जनप्रतिनिधि,कर्मचारी र कानुन ब्यबसायी गरेर ४० जनाको सहभागीता रहेको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.