सिके राउत जेल चलान

0
963
OLYMPUS DIGITAL CAMERA

 

छुट्टै मधेशको मागसहित तराईमा गतिविधि गरिरहेका डा सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

केही दिनअघि पक्राउ परेका डा राउतमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरेको थियो । संगठित अपराध मुद्दामा प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनको मुद्दा अदालतमा पेश गरेको थियो । बिहीबार जिल्ला अदालतले उनलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो ।

यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो । गत सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो ।

राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।