चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने माग गरेका छन्
भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनताको सर्मथन र मतका आधारमा देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । ‘मेरो व्यक्ति चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजˆती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।। उनले जनमतसंग्रहमार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताए ।
महामन्त्री कोइरालाले नेपाली कांग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्म स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।
देश हिन्दुराष्ट्र भएपनि धर्ममान्ने स्वतन्त्रता भने सवैलाई रहने महामन्त्री कोइरालाको भनाइ छ ।