काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले निर्वाचन आयोग एवं सत्ताधारी दल “नेपाल कम्युनिष्ट पाटी कोष्ठभित्र नेकपा” का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई दर्ता दिएको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गत मंसीर २१ गते शुक्रबार निर्वाचन आयोग एवं “नेपाल कम्युनिष्ट पाटी कोष्ठभित्र नेकपा”का दुई अध्यक्षलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए ।
सोमबार सोही मुद्दाको पेशी तोकिएको थियो ।