दीपेन्द्र बस्नेत
पुनर्वास, कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र स्थित बेलडांडी गाउँपालिकाका महिलाले आखाँमा कालोपट्टी बाधेर निर्मलालाई न्याय माग्दै र्याली निकालेर बिरोध प्रदर्शन गरेकाछन ।
बेलडाँडीकी अगुवा शान्ती नाथको संयोजकत्वमा रहेको महिला खवरदारी समिति संजालले आखाँमा कालो पट्टी बाधेर निर्मला पन्तका हत्यारालाई तुरुन्त सजाय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन ।
बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको ‘केपी सरकार चमत्कार, जताततै बलात्कार’ भन्ने नाराका साथ बेलडाडीमा रयाली निकालीएको सो समितिका संयोजक शान्ती नाथले बताइन । एक महिलाले महिलाको समस्याबुझनुपर्ने भन्दै आन्दोलनमा सहभागी भएकोउनले बताइन कञ्चनपुरको दक्षिणी क्षेत्र खुल्ला सिमा संग जोडीएको हुदा महिला माथी घटने घटना प्रतीसबैले सजक र सचेत रहुन भन्नको लागि समितिगठन गरिएको उनको भनाई रहेको छ । यो समितिलेबेलडांडी भित्रका हरेक नराम्रा कृयाकलालाई रोकथाम गर्ने र महिलाका हक अधिकारका लागि लड्ने जनाइएको छ । उक्त समितिले बेलडांडीमा केहि दिन
अगाडी देखि आन्दोलका स्वरुपहरु ल्याउदै गरेको बेलडांडी गाउँपालिकाले जनाएको छ ।