सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५ सम्पन्न

0
642

 

पोखरा, पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले  व्यावसायिक सुदृढीकरणका लागि मेलाले महत्वपुर्ण भुमिका खेलेको  बताए । गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले  निजी क्षेत्रसँगको सहकार्यमा मात्रै प्रदेशले समृद्धि हाँसिल गर्न सम्भव भएको उल्लेख गरे ।
संघका अध्यक्ष दामु अधिकारीले ‘पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा मेलाले सघाउ पु¥याएको दाबी गरे ।’ उनले भने, ‘पोखराको पर्यटकीय सम्भावना उजागर गर्ने यसको मूल उद्देश्यमा समेत मेला अर्थपूर्ण साबित भएको छ ।’ मेला मार्फत उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्ने उद्देश्यले आयोजित मेला सोही अनुरुप लक्ष्य प्राप्त गर्न सफल भएको उनले दाबी गरे  ।
मेला समापन समारोहमा बम्पर उपहार समेत खोलियो । बम्पर उपहार हिरोको ड्युट स्कुटर टिकट नं। ७४८ लाई परेको महासचिव अर्जुन पोखरेलले जानकारी दिए । रु। ४० को टिकमा सो उपहार पर्न सफल भाग्यशाली बिजेताले टिकटको अर्धकट्टी सहित १५ दिन भित्र संघको सचिवालयमा सम्पर्क गर्न सूचित गरिएको छ ।
दैनिक टिकट अन्तर्गत २३ गते अवलोकन गर्ने टिकट नं। १८०५० को दर्शकलाई १५० लिटरको एलजि रेफ्रिजेरेटर, त्यस्तै २४ गतेको टिकट नं। १९२४९ लाई युरोगार्ड परेको आयोजकले जानकारी दिएको छ । उक्त पुरस्कार दाबि गर्न अर्धकट्टी सहित तिन भित्र संघको सचिवालयमा उपस्थित हुन सूचित गरिएको छ ।
मेला अवधिभर सञ्चालन भएका विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत रत्यौलि प्रतियोगितामा विजेताहरुलाई पनि उक्त अबसरमा  पुरस्कार वितरण गरिएको थियो ।
उक्त प्रतियोगितामा नमूना आमा समूह हेम्जा प्रथम स्थान हाँसिल गर्न सफल भई नगद रु। ३० हजार र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो स्थान आर्वा विजय दिदी बहिनी समूहले हाँसिल गरी नगद रु। २० हजार र प्रमाण पत्र प्राप्त गर्न सफल रह्यो । तृतिय र सान्त्वना पुरस्कार क्रमशः महिला मिलन आमा समूह नदीपुर र नमूना कृषि समूह लेखनाथले प्राप्त गरे उनीहरुले क्रमशः नगद रु। १० हजार र नगद रु। ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
दोहोरी गीत प्रतियोगितामा हाम्रो दोहोरी साँझ पृथ्वीचोकले प्रथम स्थान प्राप्त गर्न सफल बन्यो । जसले नगद रु। ५१ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । द्वितीय, तृतिय र सान्त्वनाका लागि क्रमशः दोहोरी गीत प्रतिष्ठान स्याङ्जा, प्रतिष्ठान बागलुङ, सुमन केसी समूह सफल रहे र उनीहरुले क्रमशः नगद रु। ३१ हजार, नगद रु। २१ हजार र नगद रु। ११ हजार सहित प्रमाण पत्र प्राप्त गरे । मेला अवधिभर विभिन्न स्टल स्थापना गरी बिक्री एवं प्रदर्शनी गरेका ८ स्टललाई पुरस्कृत गरिएको थियो ।
संघले थप संस्करणको सफल एक्स्पो पोखरा आगामि वर्ष २०७६ मंसिर १८ देखि २८ गतेसम्म सञ्चालन गर्ने मिति तय भएको जनाएको छ ।