ज्ञानु श्रेष्ठ
अधिकारको कुरा गर्दा यहाँ मानव अधिकारको कुरा गर्न चाहन्छु । मानिस भएकै कारण उस्ले स्वतन्त्र रुपमा मर्यादित जीवन जिउन पाउने अधिकारलाइ नै मानव अधिकार भनिन्छ । खान , लाउन, बाँच्न, बस्न, पढन् , खेल्न , घुमफिर गर्न राजनिती गर्न ,आफ्नो कुरा राख्न , काम गर्न अनि अधिकार माग्न नारा जुलिस र र्याली गर्न पाउनु पनि मानव अधिकार भित्रै पर्ने कुराहरु हुन ।
देश मनोपोलि ढङ्गबाट चलिरहेको छ , अस्तव्यस्त छ ब्यवस्थापिका, अलमल्लमा छ कार्यपालिका अनि यत्रतत्र छरिएको फोहोर जस्तो भएको छ न्यायपालिका । देश संघियतामा गयो,स्थानिय सरकार बन्यो प्रदेश सरकार गठन भयो , केन्द्र सरकार रह्यो तर तहगत सरकारको कार्य नीति बनेन , योजना बनेन अनि कुनै काम गर्ने मेलोमेसो भएन । नागरिकसग ठुलो अपेक्षा थियो गाँउगाँउमा सरकार आयो । गाउको विकास हुन्छ , गाउको मुहार फेरिन्छ ,राज्यको सबै सुविधा गाउमै उपलब्ध हुन्छ ।
नागरिकको आशा मर्यो , भरोसा टुट्यो उत्साहहरु निराशामा परिणत भयो। हत्या भएकै छ, अपरण गरेकै छन् , बलात्कार भाको भै छ । अपराधी समातिदैन ,अपराधीलाई कारबाही हुदैन हिंसात्मक गतिविधि घटेको छैन । यस्तै अनेकौं घटनाहरु दिनानुदिन घटेकै छन् ।हिंसा विरुद्ध देशै आन्दोलित छ अधिकारकर्मिहरु थाकिसके , अभियान्ताहरु आत्तिसके । देशमा न्याय मरेको आभास हुन्छ ।एउटा बलात्कारीलाई कारबाहि हुदैन, एउटा हत्यारा पत्ता लाग्दैन, एउटा अपहरणकारी छुट्छ । अपराधीहरु खुलेयाम भुस्याकुकुरहरु सरह डुलिराछन् । बलात्कृत महिलाको सुरक्षा र सम्मानको ग्यारेन्टी छैन , अपहरणमा पर्नेहरुको अत्तोपत्तो लाग्दैन ।
यस्ता बिकराल अवस्था देखेर जनता दिगदार भएका छन् । सरकारको स्वरुप फेरीयो व्यवस्था फेरीएन, सत्ता फेरीयो शैली फेरीएन । नेपालको इतिहासलाई हेर्ने हो भने श्रीमानको मृत्यु सगै श्रीमतिले जिउदै जलेर सती जानु पर्थ्यो । यद्यपि बि सं१९७७ सालमा चन्द्र शमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गरिदिए । यस्तो अमानवीय कुप्रथा समेत नेपालीले बेहोर्नु परेको थियो। सतिप्रथा त अन्य भयो तर आज सम्म पनि त्यस्ता धेरै कुप्रथा, कुसंस्कार , कुकर्महरु अझै असरल्ल छन् । छौपडी प्रथा, दाइजो प्रथा, छुवाछूत, भेदभाव आदी इत्यादि ।सबैकुरा हेर्दा कहालिलाग्छ , यी सबै मानव अधिकारहनन् र उल्लङ्घनमा पर्ने कार्य हो । यहाँ मानव अधिकारको रक्षा कस्ले गरिदिने, अधिकार प्रयोग गर्ने साहस कस्ले गर्ने अनि कस्ले पूरा गर्ने कर्तब्य । नेपाल मानवअधिकार सम्बन्धि महासन्धिहरुको पक्ष राष्ट्र हो ।
हालसम्म मानवीय कानुनसग सम्बन्धित अन्तर्राष्ट्रिय र क्षेत्रिय गरि ५९ वटा महासन्धिको पक्षराष्ट्र बनिसकेको छ । कार्यन्वयन शैिलि फितलो छ सन्धिहरुमा हस्ताक्षर गर्न हतारो गर्ने अनि कार्यन्वयनमा भने सन्धिको विषयमा अन्जान जस्तो बन्ने । कुनै पनि कुरा प्राप्ति तथा माग गर्नुको अन्तिम उपाए भनेको अनसन हो । नेपालमा यस्ता पनि घटनाहरु छन् जो न्यायका लागि अनसन बस्दा ज्यान गुमाउनु पर्यो । आफ्नो छोराको हत्यालाई कारबाहीको माग गरेर अनसन बसेका नन्द प्रसाद अधिकारीको ज्यान गयो । यता निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गेर अनसन बसेका उनका पिताले मानसिक सन्तुलन गुमाउनु परेको छ । यस्ता अनगिन्ति घटनाहरु छन् जो न्याय नपाएर ज्यान गुमाउनु परेको छ । त्यसैले मलाई लाग्दैन , नाराजुलुस ,आशन भाषण , अनि आदर्शका नाराले न्याय दिदैन , अधिकार पाइदैन । अधिकारका निम्ति हजारौकाोसंख्यामा अधिकार कर्मिहरु पटक( पटक सडकमा आए, सयौ संघसंस्थाहरुले वकालत गरे, लाखौ नागरिकले दुःख पाए ।
मानव अधिकार उल्लङ्घन राज्यबाटै भएको छ , मानव अधिकार हनन् विद्विजिविहरुले नै गरेका छन् । सामान्य नागरिकहरु त केवल जीवनयापनका लागि मरिमेटेर रातादिन श्रम गरेर पेट पाल्न तल्लिन छन् । विडम्बना सबै कुराको जानकार सरकार बेखर बनिदिन्छ , सयौ अपराधी चिनेको प्रहरी सगै हात मिलाएर बसिदिन्छ , न्याय चिनेको न्यायलय प्रमाण जुटाउको आदेश मात्र दिन्छ । सरकार बुझ पचाउने , प्रहरी मिलेमतोमा चल्ने अनि न्यायलय प्रमाण पर्खिने । वास्तविक पिडित न्याय पर्खेरै थाक्छ, पिडकहरु खुलेयाम विलासी जीवन जिउछ अनि सरकार पहल गरिरहेको बताउछ , प्रहरी अनुसन्धानमा छौ भन्न अनि न्यायलय प्रमाणले यहि भन्छ भनिरहन्छ । यस्तो छ देशको परिस्थिति कसरी विस्वास गर्नु न्यायमा , के भरोषा राख्नु प्रहरीमा कहाँ छ गर्व गर्ने ठाउ सरकारमा । अपसोच यति हुदा हुदै पनि चलिरहेकै छ देश । अधिकारका लागि जनता सडकमा आउनु नपारोस ,असुक्षाको त्रासमामा जिउन नपारोस , न्यायका लागि अनसन वस्न नपरोस , स्वतन्त्र भएर मर्यादित रुपमा जीवन जिउन सकुन । राज्यले शान्ति सुरक्षा कायम राख्न सकोस, सरकारका संरचनाहरु चुस्तदुरुस्त राखोस , नितिनियम तटस्थ कार्यन्ययनमा होस ,कोहि अपराधी नछुटुन ।
यी सबै कुराको अधिकार प्राप्तिका नाममा अधिकारकर्मि, अभियान्ता अनि एन्जीओकर्मीहरुको हजारौ पटक विभिन्न बाहाना तथा दिवसका नाममा ठुला ( ठुला ब्यानर बोकेर सडकमा नारा लगाउछन्, प्लेकार्ड देखाउछन्, र्याली निकाल्छन्, चोक – चोकमा चर्का आवाजमा भद्दाभाषाण गर्छन् । यसरी बर्र्षा देखि डलरको खेति गर्नेहरुको कमि छैन । अधिकार प्राप्ति सडकबाट होइन सदनबाट हुने हो । सबै शक्ति सदनमा हुनेहुदा अधिकार प्रत्याभूत गराउने अधिकार सदनलाई हुन्छ । त्यसैले सडक तताएर , नारा लगाएर , भाषण गरेर कोही कसैले अधिकार प्राप्त गर्न सकेको तथ्यांक छैन गरिव, निमुखा ,असहाय अनि कमजोर मान्छेहरुको कथा बेचेर धेरैले पेट पाले अनि परिवार पनि । जस्का लागि अधिकार चाहिन्छ उ बोल्दैन, उ जान्दैन अनि उ अधिकार नै चिन्दैन , तर जो अधिकार माग्न सडक तताउछ, नारा लगाउछ , भाषाण छाट्छ उस्को लागि गरिखाने साधन बनेको छ दिनचर्या नै बनेको छ । देखिराछु बर्षो देखि अधिकारका निम्ति नारा लाउनेहरु अनि भाषाण छाट्नेहरु , आफ्नो कर्तव्य के हो जान्दैनन् , जिम्मेवारी निभाउदैन ।
केवल नारावाजी गर्नु, भाषण छाट्नुअनि र्यालीमा लाईन लाग्नुलाई नै कर्तव्य ठान्दछन् । जस्ले अधिकार प्रदान गर्नु पर्ने हो , जो अधिकार प्रदायक हो ऊ अरुलाई अधिकार प्रदान गर्दा आफ्नो अधिकार खोसिन्छ भन्ठान्छन् , अधिकारका निम्ति लगाइएका नाराहरु बुझेनबुझेझै गरिदिन्छ , पढ्दैनन् प्लेकार्डहरु, सुन्दैनन् भाषाणहरु । यसरी चलिरहेको छ अधिकार माग्नेहरु र अधिकार प्रदायहरु विचको लुकामारी । एउटा भनाइछ अधिकार मागे मात्र पाईन्छ तर त्यसो होइन अधिकार प्राप्तिका लागि जिम्मेवारी वहन गर्ने बानि चाहिन्छ । सबै ब्यक्ति अनि निकाय आ(आफ्नो ठाउमा जिम्मेवारी प्रति जिम्मेवार बन्ने हो भने अधिकार सवतः पाइन्छ । तर यहाँ त्यस्तो हुदैन सबै आफ्ना लागि अधिकार माग्न तल्लीन छन् , कर्तव्य केहो छैन कसैलाई चेष्टा । हामी नेपालीको कमजोरी यहि हो त्यसैले सबैले कमजोरीलाई सुधारौ कर्तव्य निष्ठ बनौ । सरकार नागरिक प्रति उत्तरदायी बन्नुपर्छ , नागरिक सरकार प्रति कर्तब्य निष्ठ बन्नु पर्छ ।
मानव अधिकार उल्लङ्घन राज्यबाटै भएको छ , मानव अधिकार हनन् विज्ञहरुले नै गरेका छन् । सामान्य नागरिकहरु त केवल जीवनयापनका लागि मरिमेटेर रातादिन श्रम गरेर पेट पाल पाल्न तल्लिन छन् । विडम्बना सबै कुराको जानकार सरकार बेखर बनिदिन्छ , सयौ अपराधी चिनेको प्रहरी सगै हात मिलाएर बसिदिन्छ , न्याय चिनेको न्यायलय प्रमाण जुटाउको आदेश मात्र दिन्छ । सरकार बुझ पचाउने , प्रहरी मिलेमतोमा चल्ने अनि न्यायलय प्रमाण पर्खिने । वास्तविक पिडित न्याय पर्खेरै थाक्छ, पिडकहरु खुलेयाम विलासी जीवन जिउछ अनि सरकार पहल गरिरहेको बताउछ , प्रहरी अनुसन्धानमा छौ भन्न अनि न्यायलय प्रमाणले यहि भन्छ भनिरहन्छ । यस्तो छ देशको परिस्थिति कसरी विस्वास गर्नु न्यायमा , के भरोषा राख्नु प्रहरीमा कहाँ छ गर्व गर्ने ठाउ सरकारमा । अपसोच यति हुदा हुदै पनि चलिरहेकै छ देश ।
अधिकारका लागि जनता सडकमा आउनु नपारोस ,असुक्षाको त्रासमामा जिउन नपारोस , न्यायका लागि अनसन वस्न नपरोस , स्वतन्त्र भएर मर्यादित रुपमा जीवन जिउन सकुन । राज्यले शान्ति सुरक्षा कायम राख्न सकोस, सरकारका संरचनाहरु चुस्तदुरुस्त राखोस , नितिनियम तटस्थ कार्यन्ययनमा होस ,कोहि अपराधी नछुटुन र सबैलाई स्वतन्त्र भएर बाच्न सक्ने वातावरणको व्यवस्था बन्नु पर्छ । अधिकारका नारा लिएर कोहि सडकमा झर्न नपारेस शान्त , सुन्दर अनि संमृद्व नेपाल बनाउन सबैको भुमिका रहोस ।