कास्कीको अन्नपूर्ण गाँउपालिकामा मोबाईल एप्स सञ्चालनमा ल्याईएको छ। गाँउपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको विषयमा जानकारी गराउने उध्देश्यले मोबाईल एप्स सञ्चालनमा ल्याईएको गाँउपालिका अध्यक्ष युवराज कुँवरले बताए । प्रविधीको विकास सँगै एप्सको प्रयोग बढेकोले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको गाँउपालिकाले जनाएको छ ।
हाल सबैको हात हातमा मोबाईल हुने भएकोले मोबाईल बाट गाँउपालिकाको सबै सुविधाको जानकारी होस भनेर एप्स बनाएका हौ र गाँउपालिकाका सबै कामहरुको पारदर्शिताको लागि एप्स एउटा प्रयोग हुनेछ गाँउपालिका अध्यक्ष कुँवरले भने ।
उक्त एप्समा गाँउपालिकाबाट उपलव्ध सबै सेवा, जनप्रतिनिधि र कर्मचारीको विवरण, गाँउपालिका अन्तर्गत रहेका सबै शैक्षिक सँस्था, बैङ्क, वित्तिय सँस्था, स्वास्थ्य सेवा, पर्यटकीय तथा धार्मिक स्थल लगायत आवश्यक सबै जानकारी राखिएको गाँउपालिकाका सूचना प्रविधि अधिकृत ई।सुमन थापाले जानकारी दिए । गाँउपालिकाको कामकाज प्रभावकारी र सर्वसाधारणको सूचनामा पहुँच बनाउन एप्स सञ्चालनमा ल्याईएको उनले बताए । उनका अनुसार प्लेस्टोरमा गएर अन्नपूर्ण गाँउपालिका ‘ ‘Annapurnakaski Rural Municipality’ सर्च गरेर एप डाउनलोड गर्न सकिन्छ ।
सर्वसाधारणले गाँउपालिकाको सवै गतिविधिका साथै आवश्यक सुचना घर घरबाट नै थाहा होस भनी एप्स सार्वजनिक गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.