राष्ट्रपति भण्डारीसमक्ष सर्वोच्चको प्रतिवेदन

0
486
jflif{s k|ltj]bg ;fj{hlgs /fi6«klt ljBfb]jL e08f/L a'waf/ k|wfgGofofwLz cf]dk|sfz ld>n] a'emfpg' ePsf] ;jf]{Rr cbfntsf] cfly{s jif{ @)&$÷)&%sf] jflif{s k|ltj]bg ;fj{hlgs ub}{. . tl:a/ M k|bLk/fh jGt,/f;;

 राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश मिश्रले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

नेपालको संविधानको धारा १३८ मा सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल र सर्वोच्च अदालतमा सबै न्यायाधीशको सहभागिता रहेको थियो ।