विद्यार्थी नेतालाई गिरफ्तार गरेपछी नेपाल विद्यार्थी संघ आक्रोसित

0
765

बाँके । मध्यपश्चिम विश्वविद्यालय सुधारका निम्ति संघर्ष गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेपछी नेपाल विद्यार्थी संघ आक्रोसित भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुधारको शान्तिपुर्ण आन्दोलनमा रहेका विद्यार्थी नेताहरुलाई उपकुलपति आफैंले झुट्टा मुद्दा दर्ता गराई गिरफ्तार गरिएको प्रती खेद प्रकट गर्दै ती मुद्दा तत्काल फिर्ता लिन नेविसंघका केन्द्रीय सहमहामन्त्री प्रेम राज जोशी, केन्द्रीय सदस्यहरु सुवास कठायत, राजेश केसि, मदन भण्डारी र टंक पाण्ड्येको टोलिले नेपालगन्ज स्थित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका छन ।

तत्काल मुद्दा फिर्ता लिई वार्ता र संवादवाट समस्याको हल गर्न समेत सरोकारवाला निकायलाई अनुरोध गर्दै नेवि संघले विद्यार्थीसँग झगडियाको ब्यावहार प्रस्तुत गर्ने उपकुलपति पदमा बसिरहन नमिल्ने र नैतिकता भए तत्काल राजिनामा दिनुपर्ने बताएका छन ।