गच्छदारले पाउने प्रतिनिधिको टुंगो लाग्यो

0
965
Deputy Prime Minister and Defence Minister Bijay Kumar Gachhadar speaks about induction process of Madhesi community people in Nepali army during press meet organized at Defence Ministry hall Singhadurbar on Friday, 23 December 2011. Photo: Bijay Rai/ Nagarik/Republica/

 

कांग्रेससँग पार्टी एकता गराएका विजयकुमार गच्छदारले महासमितिमा २ सय महासमिति सदस्य र १ सय ५० पर्यवेक्षक पाएका छन ।  कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार रातीको केन्द्रिय समितिपछि गच्छदारलाई दिने प्रतिनिधिको टुंगो लगाएका हुन । उनले तत्कालिन फोरम लोकतान्त्रिकलाई कांग्रेससँग पार्टी एकता गराउँदा तीन सय महासमिति सदस्य मागेका थिए । तर उनले पर्यवेक्षक सहित गरी ३ सय ५० प्रतिनिधि पाएका छन । गच्छदार आफूले पाउँने प्रतिनिधिको टुंगो नलागेको भन्दै शुक्रबार दिनभर पार्टी कार्यालयमा तनावमा थिए । उनले पार्टी कार्यालयका कर्मचारीहरुलाई महासमितिको प्रतिनिधिको सूची आफूले नपाएको भन्दै माग्दै हिडेका थिए । गच्छदारलाई महासमितिमा दिने प्रतिनिधि टुंगो लागेसँगै पार्टीका तर्फबाट पूर्व सभामुख, उपसभामुख भउका र पूर्व मन्त्री रही सकेकाहरुलाई समेत महासमितिमा प्रतिनिधि राख्ने सहमती भएको छ । योसँगै महासमितिमा केही प्रतिनिधि संख्या बढ्ने कांग्रेस पार्टी कार्यालय स्रोतले जनाएको हो ।