आधुनिक नेपालको मोर्डनाइजर’ गिरिजाप्रसाद कोइराला भएको दाबी

0
830

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले गिरिजाप्रसाद कोइरालाकै पालामा आधुनिक नेपालको सुरुवात भएको बताएका छन् ।

कांग्रेसको महासमिति बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सहमहान्त्री महतले  ‘आधुनिक नेपालको मोर्डनाइजर’ गिरिजाप्रसाद कोइराला भएको दाबी गरेका हुन् ।

कांग्रेस दर्शन र इतिहासको हिसावले अगुवा भएपनि अहिले कठिन अवस्था रहेको उनको भनाइ छ ।

निर्वाचनमा पराजय भएपनि  प्रतिपक्षमा आउँदा पनि यति कमजोर भूकिम नभएको उनले बताए । त्यसको आधारमा हिजोको गल्ती सच्याएर पार्टीलाई एक बनाउनु पर्नेमा उनले जोड दिए । ‘

कम्युनिस्टहरुले अर्थ व्यवस्थालाई उथलपुथल पारेको भन्दै उनले कांग्रेस एकढिक्का हुनुपर्नेमा उनले जोड दिएका छन् ।