अहिलेको आबस्यकता, धार्मिक स्वतन्त्रता !

३ पुष २०७५, मंगलवार

प्रकाश खनाल

समयक्रम सगै मानिसको चाहनामा पनि परिवर्तन हुन्छन् ।तर कतिपय मान्यताहरु परम्परागत मौलिक संस्कृति भित्र पर्दछन ,तिनीहरु को जगेर्ना गर्नु नागरिकहरुको कर्तव्य रहन्छ । प्रश्न कहाँनेर भने, नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि मान्दै आएको धर्म सम्बन्धि अवधारणा हठात छोड्दा अहिले समग्र मुलुकमा समस्या देखा परेको छ ।नेपाली कांग्रेसको चारतारे झण्डामा कल्पना गरिएका रातो /सेतो भुइँ ,बिचको सेतो भुइँमा रहेका चारवटा तारा,ति तारा मध्य एउटा तारा हो “धार्मिक स्वतन्त्रता” ! जब किआफ्नो आदर्श”धार्मिक स्वतन्त्रतालाई”बेवास्ता गरेर, पार्टीको आधिकारिक निकायको निर्णय बिना,अर्कैको लहैलहैमा लागेर ,धर्म निरपेक्षता भन्न थालियो तब अहिले पार्टी भित्र र बाहिर हलचल नै पैदा हुन थाल्यो । केही मानिसहरूले धर्म निरपेक्षतालाई,धर्म परिवर्तनको अवसर रूपमा अगाडि बढाए ।त्यति मात्रै होइन ,मुलुकको इतिहासकै बल्लियो दुई तिहाई बहुमत प्राप्त सरकार र सिन्ङ्गै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी कृश्चियन धर्म प्रचारप्रसारका लागी राज्यको साधन र श्रोतकै दुरुपयोग गर्न उद्दत भयो।जसको कारण यतिबेला सरकार सर्वत्र आलोचित भएको छ ।सत्तारुढ कम्युनिस्ट पार्टी भित्रै भुइचालो जान थालिसकेको छ।

राज्यको संलग्नतामा युपिएफ प्रकरणको पछिल्लो घटनाको कारण संबिधानको भावना बिपरित स्वदेशी वैदिक सनातन धर्म संस्कृति माथी नाङ्गो हस्तक्षेप हुन पुग्यो । त्यसकारण अहिले नेपालका बहुसंख्यक हिन्दु ,बुद्ध धर्मावलम्बी,मुस्लिम , किरात आदि लगाएतका प्राचीन धर्मका अनुयायीहरुलाई पनि चिन्तित बनाएको छ । अर्कोतिर नेपालमा धर्मका नाउमा राजनीति र राजनीतिका नाउमा धर्म जोडेर विभिन्न खाले तत्वहरु सल्वलाउन थालिसकेका छन् । नेपाली कांग्रेस यो देशको ऐतिहासिक पार्टी हो ,त्यतिबेला पनि धार्मिक स्वतन्त्रता राख्दा त्यसै राखिएको अबस्य होइन होला ।स्थापनाकालदेखि बिबाद रहित हुँदै आएको मान्यता लाई,कुनै सोचबिचार नगरिकन परिवर्तन तर्फ लाग्नु गलत थियो ।एकपटक गलत भयो ।अब त्यसलाई जारी महासमितिको बैठक द्वारा सच्याएर अगाडि बढ्नु अहिलेको उपयुुक्त समय हो ।हो यतिबेला केही हिन्दु अतिवादीहरु हिन्दु अधिराज्य कायम हुनुपर्छ भनेर विभिन्न ढंगले लागिपरेका छन् ।कांग्रेस भित्र पनि यसको प्रभाव बल्लियो हुँदै गएको छ ।कांग्रेस जनहरु ! फेरि एकपटक बिपि कोइरालालाई याद गरौ ! हो लोकतन्त्र बहुमतको शासन चल्छ ,नेपालमा पनि हिन्दुहरुको बहुमत छ ।यो भन्दै गर्दा आज सबैभन्दा बढी हिन्दु भनिने हरुनै किन आफ्नो मौलिक धर्म परिवर्तन गरेर कृश्चियन हुन पुगे ? यश तर्फ कसैको ध्यान गएको छ ? हामी आफुलाई हिन्दु भनिरहदा त्यही हिन्दु धर्म मान्ने दलित जातिलाई हिन्दुका मन्दिर प्रवेश रोक लगाउछौ ,उनिहरुलाई हेय भावले हेर्ने गर्दछौ ,दुइथरी नागरिकको दर्ज्यानी पहिर्याउछौ ।

हरेक मानिस धन सम्पत्ति भन्दा उसको आफ्नो सम्मानको खोजिमा रहेको हुन्छ । अन्ततः समाजबाट उपेक्षित त्यो बर्ग अत्याधिक संख्यामा आत्मासम्मानका खातिर पनि धर्म परिवर्तन गरेको पाइएको छ ।यसकारण आफुलाई हिन्दु हौ भन्नेले बहुमतका नाउँमा फेरि अर्को गलती गर्न हुदैन । धर्म परिवर्तन लाई कसरी निरुत्साहित गर्न सकिन्छ ,त्यतातिर बिचार गर्दै कांग्रेस कुनै एकल जाती धर्मको पार्टी होइन ।देश भित्रका सवै जाति र धर्मका प्रती समान आस्था राख्दछ ।तसर्थ स्थापना कालदेखि अवलम्बन गर्दै आएको बिबाद रहित अहिलेको आबस्यकता उहीँ “धार्मिक स्वतन्त्रता” लाई नै कायम गराउन मात्रै सके अल्पसंख्यक सबै धर्मावलम्बीहरुको आत्मा सम्मान हुनेछ । यसैमा आम नेपाल र नेपाली जनताको भलो छ। जय नेपाल !

Leave a Reply