पाल्पाका १० स्थानीय तहमा नेकपाको अध्यक्ष र सचिवको टुङ्गो

0
1091

सीता डोटेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पाले जिल्लाका १० ओटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीच एकता प्रक्रिया ढिलासुस्ती हुदाँ नेता, कार्यकर्ता बीच दोषारोपण भइरहेका बेला पाल्पाका स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिव टुङ्गो लागेको हो ।
नेकपाको प्रदेश ५ कमिटिको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कडेलले जानकारी दिनुभयो । जिल्ला कमिटि मार्फत सिफारिस भएका अध्यक्ष र सचिवको टुङ्गो प्रदेश कमिटिले लगाएको हो ।
पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की त्यस्तै रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक रहेका छन् । जिल्लाका अन्य ८ गाउँपालिका अन्तर्गत निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री हुनुहुन्छ । पुर्वखोला गाउँपालिकामा अध्यक्ष देवीप्रसाद पंगेनी र सचिव प्रेम गैरे, बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ्ग छन् । त्यसैगरी रिब्दीकोट गाउँपालिकामा अध्यक्ष चिरञ्जिवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन हुनुभएको छ । कमिटी निर्माण अध्यक्ष र सचिव पदमा भागवण्डामा भएको हो ।
जसमा तत्कालिन नेकपा एमालेले तानसेन नगरपालिका, निस्दी गाउपालिका, पूर्वखोला गाउपालिका, बगनासकाली गाउपालिका, रिब्दीकोट गाउपालिका, रैनादेवी गाउपालिकामा अध्यक्ष लिएको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट सचिव छन् । त्यस्तै तत्कालिन माओवादी केन्द्रले रामपुर नगरपालिका, रम्भा गाउपालिका, माथागढी गाउपालिका, तिनाउ गाउपालिकामा अध्यक्ष लिएको छ भने सचिवमा एमाले छन् ।