काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सहमति जुट्न नसकेको पार्टी पदाधिकारीको संख्या र निर्वाचित हुने पद्धतीको बारेमा नेताहरु सहमतिमा पुगेका छन् । विभिन्न विकल्पहरु माथि भएको छलफलपछि सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ ।
यसअघि निर्वाचनबाट चयन हुने कोषाध्यक्ष पद भने सहमति अनुसार पार्टी सभापतिले मनोनयन गर्ने ब्यवस्था गरिएको छ । त्यसै गरि पार्टी प्रवक्ता समेत सभापतिले मनोनयन गर्नेछन् । यसअघि लामो समयसम्म सहमति जुट्न सकेको थिए । अब भने सभापतिसहित पदाधिकारीको संख्या ९जना रहनेछन् ।
सभापति देउवा तथा उनी निकटहहरुले सभापति बाहेक दुई दुई जना उपसभापति महामन्त्री र सहमहामन्त्री राख्ने त्यस मध्ये एक एक जना निर्वाचित हुने र एक एक जना मनोनित हुने प्रस्ताव गरेका थिए। तर देउवा इतर नेताहरुले भने पदाधिकारी संख्या तीन तीन जना हुनुपर्ने तथा ती सबै पदाधिकारी निर्वाचनबाट चयन हुनु प्रस्ताव गरेका थिए।
आजको सहमति बन्नु पछाडि पार्टी नेता पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको भुमिका महोत्वपुर्ण रहेको बताएकको छ । स्रोतका अनुसार देउवा पक्ष र देउवा इतरको अडान बिचमा सिटौलाले दुवै पक्षलाई सहमति हुने गरि यो विकल्पमा सहमत गराएका हुन् ।
यस सहमतिले सभापति देउवाले भने जस्तो पदाधिकारीको संख्या दुई-दुई रहने र कोषाध्य र प्रवक्ता सभापतिले मनोनियित गर्ने कुरा समेटिएको छ भने देउवा इतरहरुले भनेको जस्तो उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीमा मनोनियतको ब्यवस्था पुर्ण रुपमा हट्नेछ ।
दुवै पक्षलाई जितको अनुभुति हुने गरि सिटौला सहजिकरण गरेको बैठकमा सहभागि एक नेताले बताए ।