सात बर्षीया बालिका बलात्कृत

४ पुष २०७५, बुधबार

धनुषाको गणेशमान चारनाथ नगरपालिका सढियामा सात बर्षीया बालिका बलात्कृत भएकी छन ।घरमै रहेकी उनलाई सोमबार राति स्थिानीय २५ बर्षीय रोशन बस्नेतले चकलेट दिने बाहानामा उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन छन । रत्ताम्य एबं गम्भीर अबस्थामा नांगै उखुबारीमा भेटिएकी बालिकाको  बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको इलाका प्रहरी ढल्केबारले जनाएको छ । बलात्कारी युबकलाई राति नै पक्राउ गरी मेडिकल परिक्षण गर्न धरान पठाइएको छ । बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको अनुन्धानबाट खुलेको छ ।

Leave a Reply