देशभरका तीन सय पत्रकार विराटनगरमा, पत्रकार महिलाको सहभागीता भने न्युन

0
715

यतिबेला नेपाल पत्रकार महासंघसंग आवद्ध तीन सय पत्रकारहरु विराटनगरमा भेला भएका छन् । महासंघको राष्ट्रिय भेलाका लागि पत्रकारहरु भेला भएका हुन् । भेलामा केन्द्रीय समिति संगै हरेक जिल्लाका अध्यक्ष , प्रदेश समितिका अध्यक्ष र सचिब साथै प्रतिष्ठानका अध्यक्षहरु उपस्थित छन् ।
भेलामा पत्रकार महासंघको प्रेस स्वतन्त्रताबारेको रणनीतिक समीक्षा हुने त्यसैगरी संगठन एवं विधानको सुझाव संकलन तथा कानुन निर्माणका क्रममा प्रेस स्वतन्त्रताबारे भएका निर्णयहरुलाई कसरी अगाडि बढाउने भन्ने बारे समेत गम्भीर छलफल हुने बताइएको छ ।  त्यसैगरि  भेलामा  प्रत्यक्ष निर्वाचनमा जाने सम्वन्धमा समेत छलफल हुने बताइएको छ । भेलामा पत्रकारहरुको हकहित संगै न्यूनतम पारिश्रमिक बारेसमेत चर्को बहस हुने बुझिएको छ ।

भेलामा महिला पत्रकारको भने उलेख्य सहभागीता  देखिएन । केन्द्रिय समितिले  जिल्लाको हकमा अध्यक्ष,प्रदेशको हकमा  अध्यक्ष र महासचिब सहभागी गराउने व्यबस्था गरे संगै उक्त पदहरुमा महिलाको संख्या  नभएका कारण महिलाको सहभागीता हुन नसकेको हो । पत्रकार महासंघको इलाम शाखामा मात्रै  पत्रकार महिला  अध्यक्ष छन ।  अन्यत्र भने पुरुष पत्रकारहरुनै नेतृत्वमा रहेका छन । भेलामा महिला पत्रकारहरुको उल्लेख्य सहभागीता नभएको प्रति पत्रकार महिलाहरु रुष्ट छन ।  महासंघ केन्द्रिय समितिले प्रदेशतहका महिला उपाध्यक्षलाई मात्रै समेट्न सकेको भए पनि हामीलाई चित्त दुखाई हुने थिएन ,सुदुरपश्चिम प्रदेश समितिका उपाध्यक्ष चाँदनी आचार्यले पोखरा पोष्ट सग भनिन् , भेलाले महिला पत्रकारहरुलाइ वेवास्ता गरेको देखियो, उनले गुनासो पोखिन । गण्डकी प्रदेश समितिका उपाध्यक्ष शान्ती गुरुङ्गले केन्द्रमा नेतृत्व गर्नेले महिला सहभागीताको सवालमा संबेदनशील नदेखिएकाले नै यस्तो अबस्था सृजना भएको बताईन । जिल्ला तहका महिला उपाध्यक्ष सहभागी गराउन नसकेता पनि ७ वटा प्रदेशका महिला उपाध्यक्षहरुलाई भए पनि सहभागी गराउनु पर्ने थियो  यसमा केन्द्र चुकेकै हो ,उपाध्यक्ष गुरुङ्गले पोखरा पोष्ट संग भनिन ।