महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सवमा दर्शकको उत्साहजनक सहभागीता

0
974

राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने उदेश्यले कास्कीको लेखनाथमा रहेको लेखनाथ उद्योग बाणिज्य संघको १५ औं सस्करणको प्रदेशीक लेखनाथ महोत्सव  विहिवार देखि सुरु भएको छ । समग्र गण्डकी प्रदेशको आर्थीक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउने उदेश्यले आयोजना गरिएको महोत्सब पुस  १६ गते सम्म चल्ने छ । महोत्सबको अर्थ मन्त्री युबराज खतिवडाले उद्घाटन गरे । महोत्सव उद्घाटन पुर्व विभिन्न जात जातीको सस्कृती झल्कने गरि झाकी ¥यालीको उत्साहजनक सहभागीताले आफुहरु थप उत्साहित बनेको प्रचार प्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोलाले पोखरा पोष्टलाई जानकारी दिएका छन् ।महोत्सवमा ५ सय भन्दा बढी झाकी ¥यालीको सहभागीता रहेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिएका छन् । आफ्नो भेष भुषा र पहिचानमा सजिएर ब्यानर सहितको जनसहभागीताले लेखनाथ महोत्सवमय बनेको छ ।  सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थोलोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने विश्वास लिईएको छ । यसैविच महोत्सवमा राखिएका विभिन्न प्रतियोगिता अन्र्तगत  कविता वाचन प्रतियोगिता सम्पन्न भईसकेको छ भने रत्यौली,विद्यालय स्तरिय एकल नृत्य र गण्डकी तारा अन्र्तगत गायन विधाको पहिलो चरणको अडिसन सम्पन्न भई उत्कृष्ठ प्रतिष्पर्धीहरुलाई मात्र स्टेजमा उतार्ने संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।लेखनाथसहित आसपासका गाउँपालिकाबाट समेत महोत्सवमा सहभागी भएको कार्यसम्पादन समिति सदस्य एवं महोत्सव संघ संस्था महिला समुह समन्व उपसमितिका संयोजक जानुका अधिकारीले पोखरा पोष्टलाई जानकारी दिइन ।