सीता डोटेल
पाल्पा , नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको बताउनुभएको छ । स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको समापन गर्दै नेता थापाले बलियो मान्छे चुलबुल हुन्छ मेसो पाउदैन त्यस्तै ईतिहासकै बलियो केपि ओली नेतृत्वको सरकार पनि मेसो नपाएर बरालिएको बताउनुभएको हो । “बलियो सरकारले गरेका सम्पूर्ण कार्यहरु जनहित अनुसार पूरा हुनुपर्छ’’ थापाले भन्नुभयो(कमजोर सरकार बरालियो भने सम्हाल्न सकिन्छ तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ । बिपिले २०१५ सालमा हरेक सर्वसाधारणको सानो घर र स्वाथ्य सेवा पुगोस भन्नुभयो तर २०७५ मा ओलीले चुच्चे रेल र पानी जहाजको सपना बाढ्नु भो,दुःखका साथ भन्नुपर्छ थापाले थप्नुभयो– विकासको यहि त्रुटिपूर्ण सोच अहिलेको सरकारसंग छ । ४ बर्ष यो सरकारले काम गरोस् थापाले जोड्नुभयो अर्को पटक हामी हराउन चाहान्छौ । त्यतिबेला फेरि अर्को पटक हामी अब बिकास गर्न चाहन्छौ भन्न पाइदैन । देशभर जघन्य अपराध बधेको बताउदै उहाले सरकारका बारेमा अन्यले गरेका टिका टिप्पणी सुन्न नसक्ने अधिनायकवाद सरकार हो भने वर्तमान ओली सरकार नै भएको उहाँको भनाई थियो । सरकार बलियो भएका बेला जस्तो सुकै पनि कार्यहरु गर्न सक्ने वर्तमान सरकारलेसन्तोषजनक काम गर्न सकेन, ईतिहासकै बलियो मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो, यो सरकार असंबेदनशिल छ । नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यहरुमा कुनै पनि अवरोध नगरेको उहाले बताउनुभयो । निधक्क देशभरि आफुहरु जनताको सेवामा लागेर उत्पादन बढाउन पर्छ बिदेशियका युवा फर्काएर उनीहरुको सीपलाई प्रयोगमा ल्याई युवालाई स्वदेशमै उद्यमी बनाएर विदेशमा सामान बेच्नुपर्ने हो थापाले भन्नुभयो अझै पनि यो सरकारले युवालाई नै विदेश बेचिरहेको छ । सजिलैसँग पाएको कुराको महत्व कम हुने बताउँदै नेता थापाले संविधान र गणतन्त्र सजिलैसँग प्राप्त नभएको र यसलाई जोगाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । सोही अबसरमा प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल, वालिङ्ग नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण, चापाकोट नगरपालिकाका नगर प्रमुख शिब गिरी लगायतले महोत्सवले स्थानीय उत्पादन र बजारीकरणलाई प्रबद्र्धन गर्न सफल भएको बताउनुभयो । गत मङ्सिर २८ गतेबाट शुरु भएको प्रथम चापाकोट महोत्सवको स्थानीय नेकपाले भने बिज्ञप्ति निकालेर बहिस्कार गरेको थियो । महोत्सब अबधिभर १ लाख भन्दा बढी दर्शकले मेला अबलोकन गरेको साथै दैनिक राष्ट्रिय कलाकारको सांगितिक माहोलले दैनिक अबलोकन गर्न आउने दर्शकको उपस्थितिले रौनकता छाएको आयोजकले जनाएको छ । महोत्सव सचिवालय सदस्य रामु बस्यालको स्वागत तथा संघका महासचिव शिब श्रेष्ठको सञ्चालनमा समापन कार्यक्रम भएको थियो । महोत्सवमा एकल नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा वडा स्तरीय भलिवल प्रतियोगिता भएको थियो । जस अन्तर्गत नृत्य प्रतियोगितामा भुपु सैनिक आवासिय स्कुलका बिद्यार्थी प्रथम, सृष्टि नामजाली द्धितिय, जिया बि.क. तृतीय, आकृति कुमाल र मैना कुमाल सान्त्वना भएका छन् । वडा स्तरिय भलिवल प्रतियोगिता घिरिङ्गसुन्धारा बैडीको समुह बिजेता भएको छ भने उपविजेता चापकोट नगरपालिका वडा नम्बर ४ भएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.