कृषि प्रमुखसहित १३ जनालाई भ्रष्टाचार मुद्दा

0
829

अख्तियारले जिल्ला कृषि बिकास कार्यलय दैलेखका तत्कालीन प्रमुखसहित १३ जनाबिरुद्ध मंगलबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिड किट्स बितरणमा अनियमितता आरोपमा तत्कालीन प्रमुख नरहरि घिमिरे ,४ शाखा अधिकृतसहितलाई मुद्या हालेको हो ।मुद्दा दायर गरिएकामा वागबानी बिकास अधिकृत सुर्यनाथ योगी,कृषि प्रसार अधिकृत नरेन्द्र बहादुर थापा ,लेखा अधिकृत ढालबहादुर हमाल,प्राबिधिक सहायक गमानसिंह थापा,बागवानी बिकास अधिकृत भुवनबहादुर मल्ल ,नायब सुब्बा नमराज थापा,लेखापाल रामकुमार शाह,प्राबिधिक सहायक मीमबहादुर शाही,नायब प्राबिधिक सहायक रगबहादुर वपाल,प्राबिधिक सहायक पुर्णबहादुर थापा र सवइन्जिनियर रामप्रसाद शर्मा तथा ताजा तरकारी उत्पादन समुह दैलेखका अध्यक्ष प्रेमबहादुर शाही छन ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।