लेखनाथ महोत्सवमा अबलोकनकर्ता बढ्दै , आर्थिक कारोबारमा पनि बृद्धि

१२ पुष २०७५, बिहीबार

 

लेखनाथको तालचोकमा १५औं संस्करणको लेखनाथ महोत्सव जारी छ ।  पुस ५ गते सुरु भएको महोत्सवमा दिन प्रतिदिन दर्शकको चाँपसँगै आर्थिक कारोबारमा पनि बृद्धि हुँदै गएपछि आयोजक,दर्शक र स्टल संचालक सबै खुशी देखिएका छन । पछिल्लो समय पोखरामै आयोजना गरिएका कतिपय मेला महोतसवले सन्तोषजनक परिणाम हात नपारेको परिस्थितिमा लेखनाथ महोत्सब पनि कतै सोचे जस्तो नहुने त हैन भन्ने पिरलो हामीलाई थियो , आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले पोखरा पोष्ट संग कुरा गर्दे भने हामी दिनप्रतिदिनको दर्शकको चाप देखेर  उत्साहित भएका छौ ।मनोरञ्जनको साथमा महोत्सवमा राखिएका करिव तीन सय ५० बटा स्टलबाट उल्लेख्य रुपमा कारोवार हुँदा स्टल संचालनकहरु पनि खुशी देखिएको स्टल अनुगमन तथा मुल्याङ्कन उपसमितिका संयोजक सूर्यमणि लामिछानेले जानकारी दिए ।। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ संचालन गरिएको हो ।

महोत्सवको आठौं दिन बिहिबार मात्र करिव १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म दर्शकको संख्या दुई लाख पुगेको  र  हालसम्म नौ करोड  ३० लाख रुपैयाँ बरावरको आर्थिक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।
मनोरञ्जनको साथमा महोत्सवमा राखिएका करिव तीन सय ५० बटा स्टलबाट उल्लेख्य रुपमा कारोवार हुँदा स्टल संचालनकहरु पनि खुशी देखिएको स्टल अनुगमन तथा मुल्याङ्कन उपसमितिका संयोजक सूर्यमणि लामिछानेले जानकारी दिए ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवको रुपमा चिनाउदै एउटै थलोमा उपभोक्तादेखि उत्पादनसम्म जमघट गराउने र उत्पदकत्व बृद्धिसँगै उत्पादित बस्तुको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी तारामा छनोट भएका १६ जना प्रतिस्पर्दीहरु मध्ये बुधवार टप १२ छनोटमा परेको प्रतियोगिताका संयोजक ऋषिराम जमकट्टेलले जानकारी दिएका छन् ।
महोत्सवमा दैनिक रुपमा प्रस्तुत हुने ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, नारी सम्मानका लागि राखिएको रत्यौली गीत प्रतियोगिता, हाँस्य प्रहसन र साझँमा युवा युवतीहरुलाई लक्षित गर्दै राखिने पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालको भनाई रहेको छ ।
यसैबीच महोत्सवको आठौं दिन आज बिहीबार लोकदोहोरी तर्फ पुस्कल शर्मा, तारापति सुवेदी, सिर्जु अधिकारी, शिव हमाल, पार्वती जिसी, आयुष परियार, रेखा गुरुङ र बबिता बानियाको प्रस्तुती रहेको थियो । पप कन्र्सट तर्फ सहिमा श्रेष्ठ र रमेशराज भटराईको प्रस्तुती रहेको कलाकार ब्यवस्थापन उपसमितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।

Leave a Reply