राप्रपा प्रजातान्त्रिकले पृथ्वीजयन्ती मनाउने

१३ पुष २०७५, शुक्रबार

 

 

काठमाडौँ, राप्रपा (प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएकामा सो समाचारको खण्डनसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिनुुभयो ।

 

Leave a Reply