मलाई दर्शकले घरकी ‘लक्ष्मी’ सोच्नुहुन्छः निरुता सिंह

१५ पुष २०७५, आईतवार

८ बर्ष अगाडि निरन्तर चलचित्र असफल हुँदै गर्दा नायिका निरुता सिंहले यो क्षेत्र नै छाड्ने निर्णय गरिन् । उनले चलचित्र क्षेत्र छाडेपछि, दर्शकले उनको कमब्याकको प्रतिक्षा गरे । उनै, निरुताले चलचित्र ‘दाल भात तरकारी’बाट बलियो कमब्याक गर्ने तयारी गरेकी छिन् । चलचित्र क्षेत्रमा कमब्याको तयारीमा रहेकी नायिका निरुता सिंहसँग गरेको कुराकानीः

 

१.तपाइलाई मनपर्ने खाना के–के हो ?
भात त भैहाल्यो । मुसरीको दाल, रायोको साग साह्रै मनपर्छ । तर, बच्चैदेखि मनपर्ने भनेको परपर भुटेको आलु, अनी अचार । यो भयो भने मलाई माछा–मासु पनि चाहिदैन ।

२. मुम्बइमा बसिरहँदा नेपालको कुन खानेकुरा मिस गर्नुभयो ?
ओहो, यो त कुरै नगर्नुहोस् । थकाली खाना, झोल मःम, साँधेको गुन्द्रुक, बँदेलको मासु ।

३. अहिले नेपालमा रहँदा मुम्बइको के कुरा मिस गर्दै हुनुहुन्छ ?
अहिले त मैले केहि कुरा पनि मिस गरेको छैनँ । म यहाँ एक–एक सेकेन्ड रमाइरहेको छु ।

 

४. अहिले नेपाली चलचित्रमा काम गरिरहँदा, ८ बर्षसम्म किन ग्याप बसे भन्ने महशुश हुन्छ ?
मैले जतिबेला चलचित्र क्षेत्र छाडेँ, त्यो समय त्यस्तै थियो । त्यो समयमा राम्रो चलचित्र बनेको पनि थिएनँ । अहिले मैले यति धेरै माया पाएको छु, सायद ८ बर्ष ग्याप नभएको भए त्यो संभवन थिएन होला । मैले कति धेरै कुरा मिस गरिरहेको रहेछु भन्ने महशुश अहिले हुन्छ ।

५. नयाँ जेनेरेशनमा के परिवर्तन पाउनुभयो ?
हाम्रो जमानामा गुगल, युटुब, फेसबुक केहि थिएन । अहिलेको जेनेरेशनले सबै कुरा सिकेरै आउँछ । युटुबमा अभिनय गर्नेदेखि मेकअपसम्म सिकेर आएको छ । उनीहरु एकदमै परिपक्क भएर आएको महशुश गर्दैछु ।

६. तपाई यसअघि नेपाल आउँदा, नायक अनमोल केसीसँग काम गर्ने इच्छा राख्नुभएको थियो ? केहि कुरा हुँदैछ ?
अनमोल अहिलेको सुपरस्टार हुन् । यसैले काम गर्ने इच्छा त हुने नै भयो । संयोगले जुरायो भने कुनै समय गरिएला । तर, त्यस्तो प्रगती भएको छैन ।

७. अहिलेको नयाँ कलाकारमा को उत्कृष्ट लाग्छ ?
खै, यो त कसरी भनुँ । अनमोल आफैमा राम्रा छन् । पुष्पल खड्काको कामबाट पनि म प्रभावित छु । नायक प्रदिप खड्काको पनि राम्रो लाग्यो । मलाई त नायक–नायिका हेर्दा, कति धेरै राम्रो भन्ने मात्र लाग्छ ।

७. पुराना नायकहरुमा कसलाई बढी मिस गर्नुभयो ?
मैले त दिलिप रायमाझीलाई मिस गरेँ । दिलिप र मेरो ट्यूनिङ मिल्थ्यो । उहाँसँग हेड मिल्ने भएकाले पनि बढी मिस गरेँ । ‘नाई नभन्नु ल ५’को सेटमा उनले आएर आँखा छोप्दा, म रोएकी थिएँ ।

 

८. यति धेरै माया किन पाएको छु भन्ने लाग्छ ?
त्यो त म कसरी भन्न सक्छु र । मलाई अहिलको जेनेरेशनले चिन्दैन जस्तो लाग्थ्यो । तर, अहिले पनि सानो बच्चाहरुले पनि माया गर्दोरहेछ भन्ने लाग्छ । मलाई त्यो समयमा एउटा बच्चादेखि वुढासम्मले माया गर्नुहुन्थ्यो । उहाँहरु सबैले मलाई घरको ‘लक्ष्मी’ भन्नुहुन्थ्यो । निरुता सिंह भन्ने वित्तिकै मलाई घरको छोरी, बुहारी देख्नुहुन्थ्यो । त्यो माया अझै पनि उस्तै रहेछु, खुशी लाग्छ ।

९. ‘दाल भात तरकारी’मा कमेडी भूमिकामा हेरेपछि दर्शकले तपाइलाई आफ्नो घरको के संझनुहोला ?
यो चलचित्रमा मेरो जुन भूमिका छ, एकदमै फरक छ । समय अनुसार सबै परिवर्तन हुन्छ । अहिलेको हिसाब अनुसार पढेको महिला कस्तो हुन्छ भन्ने देखाइएको छ । दर्शकहरुमा निरुता सिंहले यस्तो भूमिका पनि गर्नेरहेछ है भन्ने पर्छ ।

१०. कमेडी भूमिकामा काम गर्न गाह्रो कि सजिलो के लाग्यो ?
मान्छेलाई रुवाउन सजिलो, हसाउँनका लागि गाह्रो छ भनिन्छ । यति बरिष्ठ कलाकारसँग काम गर्न पाउँदा खुशी पनि लागेको छ, गाह्रो पनि लागेको छ । चलचित्रमा हरिवंश दाई र मैलो लामो–लामो दृश्य पनि गरेको छौ । हरिवंश दाइको प्रस्तुति देखेर म त कतिपटक हाँसेको छु । यति राम्रोसँग काम गरेको छु । मैले कतिसम्म काम गरे, त्यो थाहा छैन । मैले शतप्रतिशत दिने कोशिश गरेको छु ।

११. दर्शकमा अब निरुता नहराए हुन्थ्यो भन्ने छ, कसरी अगाडि बढ्ने सोच्दै हुनुहुन्छ ?
म पनि त्यही नै चाहन्छु । म यति लामो समयसपछि आएकी छु, यसैले जुन पायो त्यही सिनेमामा काम गर्न पनि मिल्दैन । मैले कमब्याकको अर्थ दर्शकलाई दिन सक्नुपर्छ । मलाई चलचित्र पाउनैपर्छ भन्ने पनि छैन । तर, राम्रो भूमिका आएको खण्डमा मात्र गर्छु ।

१२. तपाइले केहि समय अगाडि कुरा गर्दा, महिला केन्द्रित फिल्म गर्छु भन्नुभएको थियो । त्यस्तो अफर आएको छ र ?
त्यस्तो भूमिका पाएको खण्डमा त म निकै खुशी हुने थिएँ । मेरो उमेरले सुहाउने चलचित्र आयो भने म पनि उत्साहित हुनेछु । म त्यस्तो कथाको प्रतिक्षामा छु ।

१३. तर, कमेडीको अफर धेरै आयो भने ?
अफर आएर नगर्ने भन्ने त हुँदैन । तर, भूमिका पावरफूल हुनुपर्छ । कमेडी चलचित्रमा काम गर्दा रमाइलो नै बेग्लै छ ।

Leave a Reply