सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिन्छौं : शेर बहादुर देउवा

१३ असार २०७६, शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिनु भएको छ । सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान पनि दोहोर्‍याउनुभयो । सभापति देउवाले भन्नुभयाे, ‘लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो […]

गगन थापा भन्छन् : प्रधानमन्त्रीको भिजन खोक्रो छ

५ फाल्गुन २०७५, आईतवार

महेश्वर गौतम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापा सशक्त वाक्शैली, विपक्षीमाथि कटु प्रहार गर्न सक्ने खुबी र आफ्नै दलभित्र पनि अन्तरसंघर्ष गर्न खप्पिस छन् । यसैका कारण उनी सधैं चर्चामा आइरहन्छन् । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भिजनलाई खोक्रो भिजनको संज्ञा मात्रै दिएनन्, आवश्यक परे आफ्नै पार्टीलाई शुद्धीकरण गर्नका लागि नेतृत्वमा प्रतिस्पर्धा गर्नसमेत […]

म निर्देशकबाटै ठगिएँ : निर्मात्री थापा

३ फाल्गुन २०७५, शुक्रबार

चलचित्र ‘रणवीर’ प्रदर्शन भएको एक हप्ता भयो । माघ १८ मा प्रदर्शन भएको उक्त चलचित्र दोस्रो हप्तामा चलिरहेको छ । काठमाडौंसँगै देशभरीका विभिन्न हलमा प्रदर्शन भइरहेको यो चलचित्र हेर्ने अधिकांश दर्शकले दिने प्रतिक्रिया भने सकारात्मक छ । गुण्डागर्दी विरुद्धको एक्सन र लभ स्टोरी चलचित्र ‘रणवीर’ लाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । गोमा विष्ट थापा […]

पारस शाह उस्तै उद्दण्ड

३ फाल्गुन २०७५, शुक्रबार

थाइल्यान्डमा खानुसम्म ठक्कर खाएर नेपाल फर्किएपछिको सार्वजनिक व्यवहारले उदण्ड छवि सुध्रँदै थियो, पूर्व युवराज पारसको । लागूऔषध केसमा चार पटक पक्राउ परेसँगै गम्भीर बिरामी भएका उनी धन्न बाँचेका थिए । एक महिना लामो उपचारपछि बौरिएर नेपाल फर्किएपछि उनको दैनिकी निक्कै बद्लिएको देखिन्थ्यो । लागूऔषधको लत र गम्भीर बिरामीको प्रभावले पहिलाझैँ चमक थिएन उनको मुहारमा । […]

मलाई दर्शकले घरकी ‘लक्ष्मी’ सोच्नुहुन्छः निरुता सिंह

१५ पुष २०७५, आईतवार

८ बर्ष अगाडि निरन्तर चलचित्र असफल हुँदै गर्दा नायिका निरुता सिंहले यो क्षेत्र नै छाड्ने निर्णय गरिन् । उनले चलचित्र क्षेत्र छाडेपछि, दर्शकले उनको कमब्याकको प्रतिक्षा गरे । उनै, निरुताले चलचित्र ‘दाल भात तरकारी’बाट बलियो कमब्याक गर्ने तयारी गरेकी छिन् । चलचित्र क्षेत्रमा कमब्याको तयारीमा रहेकी नायिका निरुता सिंहसँग गरेको कुराकानीः   १.तपाइलाई मनपर्ने खाना के–के […]

विवाहका लागि म कसैको पर्खाइमै छु : निरुता सिंह

१३ मंसिर २०७५, बिहीबार

नेपाली चलचित्रकी कुनै समयकी स्टार अभिनेत्री हुन्– निरुता सिंह । दर्पणछायाँ, माइती, मन मन्दिर, दक्षिणा, सिउँदोको सिन्दूर, आफ्नो घर आफ्नो मान्छेजस्ता सफल चलचित्रमा अभिनय गरिसकेकी निरुता झन्डै एक दशकभन्दा बढी समय नेपाल बाहिर रहिन् । पीडा र दु:खका कथा हुन् वा माया–प्रेमका कथा दुवैमा उत्तिकै फिट हुने निरुता भारतको दार्जीलिङमा जन्मिएकी हुन् । यसअघि ‘नाइँ न भन्नु ल–५’ […]

धितोपत्र बजारमा अनपेक्षित गिरावट

१८ कार्तिक २०७५, आईतवार

  काठमाडौँ, १८  धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज करीब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ […]