१२ वर्षमा आमा

0
1054

हेटौँडा/१२ वर्षीया गंगामाया चेपाङ आमा बनेकी छिन् ।  काठमाडौं थापाथलीस्थित प्रसुति गृहमा गंगामायाले बुधबार दिउँसो छोरी जन्माउनु भएको हो ।

कम उमेर भएकाले शारीरिक अंग विकास नहुँदै गर्भवती बनेपछि गंगामायाको शल्यक्रिया गरिएको थियो । गंगामायाका आमा राममायाले शल्यक्रिया गरेर नातिनीलाई जन्म दिएको जानकारी दिनुभयो । १२ वर्षमै गर्भवती भएको समाचारपछि प्रधानमन्त्री कार्यालयले नै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गंगालाई काठमाडौको थापाथलीस्थित प्रसुति गृहमा राखेको थियो । गत मंसिर ४ गतेदेखि गंगामाया र आमा काठमाडौँ हुनुहुन्थ्यो । शिशुको र आमा गंगामायाको स्वास्थ्य अवस्था सामान्य स्वास्थ्य मन्त्रालयका प्रबक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो  ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ३ औलेकी गंगामायाको राक्सिराङ ३ पलाँसेस्थित सूर्योदय माविमा कक्षा ४ मा पढ्ने क्रममा मामाघर जाँदा कैलाश गाउँपालिका, भार्ताका रञ्जितसँग प्रेम विवाह भएको थियो ।
गंगामाया बाल अवस्थामा नै गर्भवति भएको सार्वजनिक भएपछि जीवन रक्षाका लागि उद्दार एवं उपचार गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सक्रियतामा गाउँबाट उद्दार गरी उपचारका लागि मंसिर ३ गते हेटौँडा अस्पताल ल्याइएको थियो ।
गंगामाया बाल अवस्थामा नै गर्भवति भएको र शारिरीक अवस्था परिपक्व नभएको कारण आमा र शिशु दुबैको जीवन खतरामा पर्ने सम्भावना रहेकोले चिकित्सकको निगरानीमा सुत्केरी गराउनु चिकित्सकको सल्लाहमा काठमाडौँ पठाइएको हो ।