नेपाल पत्रकार महासंघको आगामी फागुन ९ र १० गते पोखरामा हुने साधारणसभाको तयारी शुरु

0
1038

 

पोखरा,  नेपाल पत्रकार महासंघ कास्की शाखाले  नेपाल पत्रकार महासङ्घको आगामी फागुन ९ र १० गते पोखरामा हुने केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनको तयारीबारे  आज पोखरामा  छलफल कार्यक्रम आयोजना गरेको छ । छलफलमा बोल्दै महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन हुन सके महासङ्घको गरिमा बढ्ने बताउनु भयो ।उहाँले पत्रकारका प्रतिनिधि मार्फत भन्दा पनि सबै पत्रकारले आफ्नो नेता छान्न पाउने अधिकारको सुनिश्चत गर्नका लागि पनि प्रतक्ष्य निर्वाचनमा जानु आबश्यक रहेको उल्लेख गर्दे    आगामी विधान अधिवेशनले त्यसबारे उपयुक्त निर्णय लिने बताउनुभयो ।

प्रत्यक्ष निर्वाचन प्रणालीअनुरुप आगामी दिनमा महासङ्घको नेतृत्व चयन गर्ने गरी विधानको तयारी भइरहेका सन्दर्भमा पोखरामा हुने साधारणसभा महत्वपूर्ण हुने महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

छलफलमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिक, महासङ्घ कास्की शाखाका सल्लाहकार रमेश पौडेल, महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, शाखाका सचिव रामप्रसाद तिमल्सिना, गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेल ,क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी, पत्रकार भरत कोइराला,सन्देश श्रेष्ठ,प्रकाश ढकाल,कमल पौडेल अथक,,गोबिन्द सुबेदी,केशबशरण लामिछाने ,दुर्गा भण्डारी लगायतले महासङ्घ र विधान अधिवेशन पोखरामा सफल पार्नुपर्नेमा जोड दिनुभयो ।  प्रत्यक्ष निर्वाचन प्रणालीअनुरुप आगामी दिनमा महासङ्घको नेतृत्व चयन गर्ने विषय उठिरहेका अवस्थामा पोखरामा हुने साधारणसभा एवं विधान अधिवेशनलाई  बिषेश महत्वका रुपमा लिइएको छ ।