समानुपातिक बिज्ञापनले संचारमाध्यम बलियो हुन्छ – पत्रकार महासंघ अध्यक्ष आचार्य

0
814

सीता डोटेल
पाल्पा,नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले समानुपातिक विज्ञापन नीति लागू गरियो भने संचारमाध्यम बलियो हुने बताउदै पेशागत सुरक्षा र व्यवसायिकताका लागि लगानि गर्नुपर्ने बताउनुभएको छ । उहाले श्रमजीवी पत्रकार ऐन लागू हुन नसकेको बताउदै यस्तो बिच सुसूचित गर्ने संचारमाध्यम र पत्रकार राजनीतिक दलको भातृ संगठन नभई सहयात्री हुनुपर्ने बताउनुभयो । जसले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोज्छ,त्यसको पतन त्यहिबाट सुरुवात हुन्छ,प्रेस र संचारमाध्यमको अधिकार अझैपनि केन्द्रमै रहेकोले अब त्यसलाई स्थानीय तहमा नै ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व उधोगमन्त्री सोमप्रसाद पाण्डेयले पत्रकार जिम्मेवार भएर लाग्नुपर्ने, सामाजिक संजालमा आएका कुरालाई सतप्रतिसत विश्वास नगर्न र समाचारको सत्य तथ्य पहिल्याएर काम गर्न पत्रकारलाई अनुरोध गर्नुभयो । उहाले पत्रकार र राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्य,युवराज खनाल,बिरबहादुर राना,पुरमति ढेगा, प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल,पत्रकार सेनानी मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका सल्लाहकार झपेन्द्र गहिरे, गोबिन्द प्रसाद भट्टराई, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, रम्भा गाउपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, रिब्दिकोट गाउपालिकाका अध्यक्ष नारायण जिसि,निस्दि गाउपालिकाका अध्यक्ष मुक्तबहादुर थापा, पुर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, व्यापार संघ पाल्पाका अध्यक्ष चिरञ्जीवी पोखरेल, रामपुर उधोग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश  ढकाल,नेपाल पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष भरत केसि, असोका फेलो सोमनाथ अर्याल लगायतले साधारणसभाको सफलताको शुभकामना दिदै समाजको सकारात्मक पहल कदमीका लागि पत्रकार र पत्रकारिता भएको बताउनुभयो।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष भगवान् भण्डारीले पुरस्कार वितरण छनौट प्रक्रियाबारे जानकारी दिदै यसबर्ष ८ जना पत्रकार सम्मानको घोषणा गर्नु भएको थियो ।  उपाध्यक्ष भरत शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव किरण कौसलले गर्नुभएको हो । रामपुरको होटल न्यु श्रीनगरमा भएको साधारण सभाको बन्दसत्रले अध्यक्ष राजेश अर्याल, सचिव किरण का‌ैसल र कोषाध्यक्ष मिलन विकको प्रतिवेदन पास गरेको छ । साथै न्युनतम पारिश्रमिक लागू गर्नुपर्ने, हत्या, हिंसा बढिरहेको अबस्थामा पत्रकारको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, बिराटनगरमा अघिल्लो हप्ता भएको महासंघको केन्द्रिय सम्मेलन पारित बुदामा सहमत जनाउदै संसोधन र कार्यान्वयनको माग लगायतका १५ बुदे रामपुर घोषणा पत्र जारी गर्दै साधारण सभा सकिएको छ ।