देउवा कांग्रेस र पौडेल कांग्रेस भन्न छोडेर नेपाली कांग्रेस भन्न वरिष्ठ नेता पौडेलको आग्रह

0
976
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्र्द पौडेलले अब कांग्रेस कार्यकर्ताले देउवा कांग्रेस पौडेल कांग्रेस भनेर भन्न छोडेर नेपाली कांग्रेस भन्न आग्रह गर्नुभएको छ । कांग्रेस वडा समितिले सराङकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसलाई मजबुद बनाउनका लागि अब यसको वा त्यसको कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले काग्रेसलाई मजवुद काग्रेस बनाएर आफुले राजनीतिबाट अलग हुने पनि बताउनुभयो । पौडेलले कम्युनिस्टहरू झुट, स्वार्थी तथा पक्षपाती हुन्छन भन्ने ओली सरकारले प्रमाणित गरेको बताउनुभयो ।