पोखरा , हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र नारेश्वर ६ बैदाममा लागुऔषध सम्बन्धि कानुनि प्रावधान का बिषयमा प्रशिक्षण सम्पन गरिएको छ। हरेक ३र३ महिना हुने उक्त प्रशिक्षण कार्यक्रममा संस्था मा रहेका ४५ जाना उपचाररत सदस्यीय को सहभागिता रहेको थियो । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको प्रबिधिक सहयोगमा सन्चालित उक्त कार्यक्रम मा लागुऔषध र कानुनि ब्यवस्था का बारेमा जानकारी गराईको थियो ।संस्थाका परामर्शदाता निर्मल पुनको अध्यक्षतामा सम्पन गरिएको उक्त कार्यक्रम मा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति का प्रहरी ईन्चार्ज प्रहरी नायब निरिक्षक भरत पौडेल ले लागुऔषध का प्रकार, यसको कानुनि प्रवधान र असरहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै संस्थाका परामर्शदाता निर्मल पुन ले संस्थाले यस्ता कार्यक्रम हरू स्थापना काल देखिनै गर्दे आएको पोखरा पोष्टलाइ जनकारि गराउनु भयो। कार्यक्रम को सञ्चालन संस्था का परामर्शदाता अमृत कुमार भट्टराईले गरेका थिए।