कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ मा महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङ्गले महिलाहरुको हक अधिकारका बिषयमा सबै महिला सचेत हुनु पर्ने बताइन ।उनले महिला क्षमता अभिबृद्धि कार्यक्रम मार्फत महिलाहरुमा सचेतना बढाउन समेत जोड दिइन । तालिम प्रशिक्षक क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी ले महिला सम्बन्धी बनेका नीति तथा कानुनी ब्यबस्थाहरुको बिषयमा सबै महिलाले जान्न आबश्यक रहेको बताईन । उनले नेपाली महिला पुरुषको तुलनामा राजनीतिक ,आर्थिक ,शैक्षिक ,सामाजिक ,सांस्कृतिक तथा राज्यका हरेक निकाय र क्षेत्रमा पछाडि परेका छन भन्दै समानताका लागि सबै महिला एक जुट भएर आवाज उठाउनु पर्नेमा जोड दिइन ।

