अन्नपुर्ण गाउँपालिका वडा नं २ मा क्षमता अभिबृद्धि तालिम शुरु

0
1255

कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ मा महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दे गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङ्गले महिलाहरुको हक अधिकारका बिषयमा सबै महिला सचेत हुनु पर्ने बताइन ।उनले महिला क्षमता अभिबृद्धि कार्यक्रम मार्फत महिलाहरुमा सचेतना बढाउन समेत जोड दिइन । तालिम प्रशिक्षक क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी ले महिला सम्बन्धी बनेका नीति तथा कानुनी ब्यबस्थाहरुको बिषयमा सबै महिलाले जान्न आबश्यक रहेको बताईन । उनले नेपाली महिला पुरुषको तुलनामा राजनीतिक ,आर्थिक ,शैक्षिक ,सामाजिक ,सांस्कृतिक तथा राज्यका हरेक निकाय र क्षेत्रमा पछाडि परेका छन भन्दै समानताका लागि सबै महिला एक जुट भएर आवाज उठाउनु पर्नेमा जोड दिइन ।

अन्नपुर्ण गाउँपालिका वडा नं २ का अध्यक्ष चुडामणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  वडा सदस्य देवराज भण्डारीले स्वागत तथा गाँउ कार्यपालिका सदस्य भगवती भण्डारीले कार्यक्रमको सञ्चालन गरेकी थिइन । तिन दिन सम्म चल्ने तालिमलाई क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी र रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्ने छन। तालिममा वडा नं २ का ४० जना महिलाहरुको सहभागीता रहेको दलित महिला सदस्य नौली सुनारले पोखरा पोष्टलाई जानकारी दिएकी छन ।