राजनीतिलाई सेवामुखी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

0
773
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

कावासोती । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

“मैले बुझेको राजनीति सेवा हो, यहाँ सेवा विपरित अर्कै किमिसबाट राजनीतिमा खेल खेल्न लागिएको छ, त्यस्तो खेलबाट राजनीतिलाई जोगाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने। नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ मा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर लगायतका सामग्री आज वितरण गर्दै उनले राजनीति भनेको छुद्रयाई, फट्याई गरेर, साम, दाम, दण्डभेदको प्रयोगबाट सत्ता कब्जा गर्ने होइन सेवा गर्ने हो भन्ने भावनाको विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

समाजवाद अध्ययन केन्द्र भक्तपुरले सो अवसरमा १४ लाई ह्वीलचियर, आठलाई बैशाखी, पाँचलाई सेतो छडी र ११४ जनालाई न्यानो कपडा वितरण गरेको थियो । सामग्री वरिष्ठ नेता पौडेलले वितरण गरे । न्यानो कपडा स्वर्गीय तेजकुमारी देउजाको स्मृतिमा उनका छोरा रामशरण देउजा र अन्य सामग्री विभिन्न दाताबाट सङ्कलन गरिएको समाजवाद अध्ययन केन्द्र भक्तपुरका अध्यक्ष दुर्गा फुयाँलले जानकारी दिए । रासस